काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८१/८२ को लागि जलस्रोत तथा सिंचाईतर्फ ३६ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै कृषि उत्पादन बृद्धि गर्न पौने ३७ अर्ब बजेट विनियोजन गरिएको बताएका हुन् ।
कृषि उत्पादन बृद्धि गर्न आगामी आवमा कुल १५ हजार ५७१ हेक्टर जमिनमा थप सिचाई सेवा विस्तार गरिने अर्थमन्त्री पुनले बताए ।