काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमाको लागि साढे ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने बताउँदै सो का लागि ७ अर्ब ५० करोड बजेट छुट्याएको बताएका हुन् ।
आगामी आवमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चित गरिने अर्थमन्त्री पुनले बताए ।
यसका साथै स्वास्थ्यसँग सम्बन्धीत सामाजिक सुरक्षा कोष र स्वास्थय बीमा कार्यक्रमबीचको दोहोरोपन समेत हटाइने भएको छ । अर्थमन्त्री पुनका अनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाले कोषमार्फत नै स्वास्थ्य बीमाको सुविधा पाउने तर दोहोरो सेवा नपाउने बताए ।