काठमाण्डौ । सरकारले आलु, प्याज र स्याउ लगायतमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ । संघीय संसदमा आज आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमनत्री वर्षमान पुनले यस्तो बताएका हुन् ।
अर्थमनत्री पुनले आलु, प्याज र स्याउ लगायतमा वस्तुको मूल्य अभिवृद्धि कर खारेजीबाट स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुग्ने बताए । यस्तै उनले मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तर शुल्कदर वृद्धि गरिने बताए।