काठमाण्डौ । सरकारले कृषि उपजको धितोमा समेत कर्जा प्रवाह हुने व्यवस्था गर्ने भएको छ । आज संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले प्रतिफल प्राप्त हुन लामो समय लाग्ने कृषि तथा फलफुल व्यवसायमा उत्पादन पूर्वको अवधिको कर्जाको ब्याजमा अनुदान दिने व्यवस्था गरिएको बताए ।
यस्तै प्रदेश,स्थानिय र निजी क्षेत्र समेतको सहकार्यमा सबै प्रदेशमा गाई–भैसी पालन स्रोत कैन्द्रको विकास गरिने बताए । सरकारले दुधालु पुश उत्पादन गर्न गाई र भैसीमा नश्ल सुधारका लागि ३८ करोड रुपैयाँ विनियोजन गरेको छ ।