काठमाण्डौ । सरकारले वैदेशिक पूँजी आकर्षित विदेशबाट ऋण लिने बैंक वित्तीय संस्थालाई कर छुटको व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षका लागि आज प्रस्तुत गरिएको बजेटमा यसअघि विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएइएको हो ।
बजेटमा छुट सहुलियत,व्यापार सहजीकरण र लगानी प्रवर्द्धनमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा १ प्रतिशत कम गरी स्वदेशी उद्योगलाई प्राथमिकता र प्रोत्साहन दिन औषधि,इन्डक्सन चुलो,धागो, हेलमेट,अगरबत्ती, सेनेटरी प्याड,काजु,बदाम प्रशोधन,स्प्रिडिङ बनाउने उद्योगका कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्तःशुल्क घटाइने उल्लेख गरिएको छ ।