काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपाल लिमिटेडले अपर तामाकोशी हाइड्रोपावर लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङ्ग पुनःपुष्टि गरेको छ । इक्राले अपर तामाकोशी हाइड्रोपावरलाई विगतमा प्रदान गरेको ICRANP-IR] BB निष्कासनकर्ता रेटिङ्गलाई पुनःपुष्टि गरेको हो ।
उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिने इक्राले जनाएको छ । उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको इक्राले प्रष्ट पारेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।