बुधबार, श्रावण २७,२०८३ 07:15:48
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 07:15:48
Bizshala
Global IME Bank Limited

बजेटपछि लगातार दोस्रो दिन पनि घट्यो नेप्से,‘बैंकिङ क्षेत्रमा दबाव मुख्य कारण’

Prabhu Bank Limited
बजेटपछि लगातार दोस्रो दिन पनि घट्यो नेप्से,‘बैंकिङ क्षेत्रमा दबाव मुख्य कारण’
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९५ प्रतिशत अर्थात १९.८९ अंकले घटेर २०६९.५३ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०४ प्रतिशतले घटेर ३७०.१९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा कम्पनीको ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘बजेटमा पूँजी बजारको विषयमा नयाँ कुरा नआएका कारण लगानीकर्ता निरुत्साहित हुँदा हिजो–आज बजार घट्न पुगेको हो । यसका साथै अघिल्लो साता बढेको बैंकिङ क्षेत्रमा नाफा बुक भएका कारण पनि बजार घट्न पुगेको हो ।’

बजारमा अल्पकालिन लगानीकर्ता हाबी भएका कारण समेत बजार ओरालो लागेको पौडेलले बताए । यद्यपी यो करेक्सनलाई रिट्रेस्मेन्ट वा  नाफा बुक मात्रै मान्न सकिने र २०५० भन्दा माथि बाटै बजार फर्कने विश्वास उनले व्यक्त गरे ।  

अर्का बजार जानकार नीमानन्द कंडेलले लगानीकर्ताले आशा गरेजस्तो बजेटमा नै अन्तिम कर भनेर घोषणा नहुनु, बैंकिङ क्षेत्रमा करेक्सन आउनु र मौद्रिक नीतिको विषयको पनि लगानीकर्ता ढुक्क हुन नसक्नु र अस्थिर सरकारका कारण बजार घटेको बताउँछन् ।  

तर आगामी दिनमा बैंक तथा लघुवित्तले लाभांश दिन सक्ने भएकाले पूँजी बजार सम्हालिने कंडेलले दाबी गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहमा हरियाली छायो भने अन्य १० वटा समूहमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह १.२३, हाईड्रो ०.४९ र वित्त समूह ०.१५ प्रतिशतले बढ्यो ।  

आज होटल समूहमा सबैभन्दा धेरै गिरावट आयो । यो समूह आज २.५३ प्रतिशतले घट्यो ।  

त्यस्तै आज बैंकिङ समूह १.७२ प्रतिशत, विकास बैंक ०.९७,लगानी १.१७,जीवन बीमा १.१३,लघुवित्त १.९६,म्युचुअल फण्ड ०.३२,निर्जीवन बीमा १.०७,अन्य ०.८१ र व्यापार समूह ०.३३ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १९ करोड ४५ लाख बढीको सेयर कारोबार भयो । आज ङादी ग्रुप पावरको १६५ करोड ३० लाख,जानकी फाइनान्सको १३ करोड ६० लाख र सिईडिबि हाईड्रोको १२ करोड ३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । नेपाल फाइनान्स,अपर लोहरे खोला,भगवति हाईड्रोपावर,मनकामना इन्जिनियरिङ र युनिलिभर नेपालको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

यस्तै आज ग्रिन भेन्चर लिमिटेडको सेयरमूल्य ६.९० प्रतिशत,सुपर माई हाईड्रोको ६.०४ र अपर स्याङगेको सेयरमूल्य ५.३५ प्रतिशतले बढ्यो ।  

यो दिन पोखरा फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै अर्थात १० प्रतिशतले घट्यो । कालिञ्चोक दर्शनको सेयरमूल्य ७.०८ प्रतिशतले घटेको आज बाराही हाईड्रोको ६.७४ र नेपाल वेयरहाउजिङको सेयरमूल्य ५.९६ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.