शुक्रबार, कार्तिक ६,२०८३ 03:46:11
  • शुक्रबार, कार्तिक ६,२०८३ 03:46:11
Global IME Bank Limited

नेप्सलाई प्राप्ति गरेको एनसीएचएलको एकीकृत कारोबार जेठ २१ देखि, भुक्तानी सेवा अवरुद्ध नहुने

Bizshala
नेप्सलाई प्राप्ति गरेको एनसीएचएलको एकीकृत कारोबार जेठ २१ देखि, भुक्तानी सेवा अवरुद्ध नहुने
New Office

काठमाण्डौ । नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गरेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)को एकीकृत कारोबार जेठ २१ गतेदेखि सञ्चालन हुने भएको छ ।  

प्राप्तिको प्रस्ताव सम्बन्धित नियमनकारी निकायहरुबाट स्वीकृती भएसँगै कम्पनीको एकीकृत कारोबार सुरु हुन लागेको हो । दुवै कम्पनीबीच गत चैत २२ गते सम्पन्न भएको अन्तिम सम्झौता दुवै संस्थाको वैशाख १३ गते सम्पन्न विशेष साधारण सभाबाट पारित भएको थियो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले गत जेठ २ गते र कम्पनीको रजिष्ट्रारको कार्यालयले जेठ १३ गते स्वीकृती प्रदान गरेको थियो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्राप्तिपश्चात अब ‘नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)’को नामबाट एकीकृत कारोबार सञ्चालन हुन लागेको हो । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौ महानगरपालिका–२८ कमलादीमा रहनेछ । दुवै संस्थाको एकीकृत कारोबार सुरु गरिँदा हुँने डेटा माईग्रेशन लगायतका कार्य गर्दा दुवै कम्पनीको कुनै पनि भुक्तानी सेवा अवरुद्ध नहुने जनाइएको छ ।  

एनसीएचएल र नेप्सको चुक्ता पूँजी क्रमश रु.१ अर्ब ६६ लाख र रु.२१ करोड १२ लाख रहेकोमा प्राप्तिपश्चात एकिकृत संस्थाको चुक्ता पूँजी रु.१ अर्ब ६ करोड ५८ लाख पुगेको छ । एनसीएचएलको गत आर्थिक वर्ष २०७९/८० को खुद मुनाफा रु.३७ करोड ६८ लाख रहेको थियो भने नेप्सको रु.६ करोड ४६ लाख रहेको थियो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.