सोमबार, बैशाख ८,२०८२ 09:56:01
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 09:56:01
IME remit
Global IME Bank Limited

सूर्यज्योति लाइफसहित ६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आरबीसीएल र हिमालयन रि

Hyundai Nepal
सूर्यज्योति लाइफसहित ६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आरबीसीएल र हिमालयन रि
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज माइक्रोफाइनान्स उपसूचकमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.२० प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.६६ प्रतिशतले घटेको छ । 

आज जम्मा ६ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा सूर्यज्योति लाइफ रहेको छ । कम्पनीको सेयरमूल्य ०.४४ प्रतिशतले बढेर ४१५ रुपैयाँ पुगेको छ । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

त्यस्तै, सिटिजन लाइफको ०.२८ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.१४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.०७ प्रतिशत, हिमालयन लाइफको ०.०५ प्रतिशत र एशियन लाइफको ०.०४ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा भने आरबीसीएल र हिमालयन रि इन्स्योरेन्स रहेको छ । राष्ट्रिय बीमा कम्पनीको सेयरभाउ १.४७ प्रतिशतले घटेर १३२०१ रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको १.३६ प्रतिशतले घटेर ५७२.१० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, प्रभु इन्स्योरेन्सको १.३५ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १.१५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.७९ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.७२ प्रतिशत, आइएमई लाइफको ०.७१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.७० प्रतिशत, नेशनल लाइफको ०.६४ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.४५ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.३९ प्रतिशत, युनाइटेड अजोडको ०.३६ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.२५ प्रतिशतले घटेको छ । 

यसका साथै नेको इन्स्योरेन्सको ०.२५ प्रतिशत, नेपाल लाइफको ०.२३ प्रतिशत, सानिमा जिआइसी इन्स्योरेन्सको ०.१७ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.१३ प्रतिशत र एलआइसी नेपालको ०.१२ प्रतिशतले सेयरमूल्य घटेको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.