मंगलवार, आश्विन १३,२०८३ 07:09:24
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:09:24
Bizshala
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकको सेयर भाउ ३ वर्षकै न्यून, प्राविधिक रुपमा अबको यात्रा कतातर्फ ?

Bizshala
मुक्तिनाथ विकास बैंकको सेयर भाउ ३ वर्षकै न्यून, प्राविधिक रुपमा अबको यात्रा कतातर्फ ?
New Office

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक नेपालका १६ वटा विकास बैंकहरुमध्येको एक हो । ग्रामीण बस्तीलाई आधार बनाएर सन् २००७ मा स्याङ्जाको पुतलीबजारमा प्रधान कार्यालाय राखेर यो बैंकको स्थापना भएको थियो । स्थापनाकालमा स्याङ्जा, कास्की र तनहुँ जिल्लालाई कार्यक्षेत्र बनाएको यो बैंकको त्यसबेला जम्मा १ करोड ३० लाख रुपैयाँमात्रै पूँजी थियो । हाल यो बैंक राष्ट्रियस्तरको विकास बैंक बनेको छ ।  

मुक्तिनाथका १७८ शाखा छन् । जसमा उपत्यकामा ३३ वटा छन् भने बाँकी शाखा भने माइक्रोफाइनान्स सेवा प्रवाह गर्न ग्रामीण भेगमा आधार बनाएर चलेका छन् ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिबेदनअनुसार कम्पनीको चुक्तापूँजी ७ अर्ब ४ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ १ करोड २ लाख रुपैयाँ रहेको छ ।  

त्यसैगरि, बैंकको जगेडा कोष ३ अर्ब ५ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल पूँजी १० अर्ब ११ करोड रुपैैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ८७ करोड १८ लाख रुपैयाँ रहेको छ । कम्पनीको वितरणयोग्य मुनाफा जम्मा १ करोड २ लाख मात्रै छ भने कम्पनीको प्रतिसेयर आम्दानी १६.५ प्रतिशत रहेको छ ।  

यस्तै कम्पनीको बुक भ्यालु १४३.४८ रुपैयाँ रहेको छ । कम्पनीको रिटर्न अन इक्विटी ११.५ प्रतिशत रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा ५.५९ प्रतिशत कम हो । कम्पनीको खराब कर्जा अनुपात २.०२ प्रतिशत छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

फिएर एण्ड ग्रिड मिटरको आधारमा हाल कम्पनीको सेयर भाउ न्यूट्रल सेन्टिमेन्टमा चलेको छ । यो भनेको यस कम्पनीमा लगानीकर्ताहरुको आकर्षण सामान्य छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य ४४६ रुपैयाँ र न्यून मुल्य ३३६ रुपैयाँ रहेको छ । कम्पनीमा ५१ प्रतिशत सेयर संस्थापक समूह र ४९ प्रतिशत सेयर सर्वसाधारण समूहको रहेको छ । कम्पनीको १० वर्षको औषत लाभांशदर २२.४ प्रतिशत रहेको छ । कम्पनीले ४ पटक गरेर १३५ प्रतिशत हकप्रद निष्कासन गरेको छ ।  

बोलिङगर ब्याण्डको आधारम यो कम्पनीको सेयर भाउ लामो समय ३४० देखि ३९३ सम्म साइड वेज चलेको छ । हाल पनि मध्य ब्याण्ड भन्दा तल नै चलेको देखिन्छ । म्याक्डीमा केही समय पहिले बनेको वियरिस क्रसओभर हाल पनि भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम नेगेटिभ रहेता पनि छोटा–छोटा बनेको छ । यसले निकट भविष्यमा बुलिस क्रस हुन सक्ने सम्भावना रहन्छ । आरएसआई पटक–पटक न्युट्रल जोन ५० मा ठोकिएर तल खसेको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर भाउमा बिक्री दबाव परेको देखिन्छ । हाल प्रतिकित्ता ३४२ रुपैयाँ रहेको कम्पनीको सेयर यदि आगामी दिनमा रु.३५२ बाट माथि लागेमा अप ट्रेन्डमा चल्न सक्छ ।  

पिभट् प्वइन्टः  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३६८

प्रतिरोध २ –३६३

प्रतिरोध १– ३५४

पिभट प्वइन्टः ३४९

घटेमा सपोर्ट  

सपोर्ट १– ३४०

सपोर्ट २– ३३५

सपोर्ट  ३ –३२६

निष्कर्षः आधारभूत रुपमा यस कम्पनीलाई नियाल्दा पछिल्लो समय कम्पनीको रिर्टन अन इक्विटी र प्रतिसेयर आम्दानी खसेको देखिन्छ । कम्पनीको वितरणयोग्य मुनाफा जम्मा १ करोड २ लाख मात्रै रहेको छ । कम्पनीले पूँजी बढाउँदै जाँदा रिर्टन अन इक्विटी पनि बढ्दै जानु पर्नेमा घट्दै गएको छ । यद्यपी कम्पनीको प्रतिसेयर आम्दानी र बुक भ्यालु भने सन्तोषजनक नै देखिन्छ । प्राविधिक रुपमा यस कम्पनीलाई नियाल्दा पछिल्लोपटक सेयरको भाउ ३ वर्ष अगाडिकै अवस्थामा आएको छ ।  

बोलिङ्गर ब्याण्ड र पिभट् मार्फत नियाल्दा कम्पनीको सेयर भाउमा सामान्य उतारचढाव आएको देखिन्छ । साप्ताहिक रुपमा म्याक्डीमा करिब–करिब बुलिस क्रस ओभर बन्दै गरेको देखिन्छ । हाल प्रतिकित्ता मूल्य ३४३ रहेको यस कम्पनीको सेयर भाउ यदि रु.३५२ भन्दा माथि लागेमा अप ट्रेन्ड लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.