सोमबार, असार २,२०८२ 06:12:08
  • सोमबार, असार २,२०८२ 06:12:08
Global IME Bank Limited

बैंकिङ प्रणालीको निक्षेप र कर्जा दुवै बढ्यो, अन्तरबैंक ब्याजदर ३%

Hyundai Nepal
बैंकिङ प्रणालीको निक्षेप र कर्जा दुवै बढ्यो, अन्तरबैंक ब्याजदर ३%
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ २० गतेसम्म बैंकिङ प्रणालीमा ६२ खर्ब २६ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । गत जेठ १९ गतेसम्म भने बैंकिङ प्रणालीमा ६२खर्ब २३ अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो ।  

वाणिज्य बैंकहरुको निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५५ खर्ब १० अर्ब रुपैयाँ रहेको छ । जेठ १९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५५ खर्ब ७ अर्ब रहेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ । निक्षेप संकलनसँगै कर्जा प्रवाह पनि बढेको छ । गत जेठ १९ गते ५१ खर्ब २२ अर्ब रहेको कर्जा प्रवाह २ अर्बले बढेर ५१ अर्ब २४ करोड रुपैयाँ पुगेको पुगेको छ ।    

सीडी रेसियो  ८०.११ प्रतिशतबाट घटेर ८०.०९ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने औषत विन्दु अर्थात ३ प्रतिशत कायम भएको छ । जेठ १९ गते अन्तरबैंक ब्याजदर २.९७ प्रतिशत कायम थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.