बुधबार, श्रावण २०,२०८३ 12:21:32
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:21:32
Bizshala
Global IME Bank Limited

बैंकिङ प्रणालीको निक्षेप र कर्जा दुवै बढ्यो, अन्तरबैंक ब्याजदर ३%

बैंकिङ प्रणालीको निक्षेप र कर्जा दुवै बढ्यो, अन्तरबैंक ब्याजदर ३%
New Office

काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ २० गतेसम्म बैंकिङ प्रणालीमा ६२ खर्ब २६ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । गत जेठ १९ गतेसम्म भने बैंकिङ प्रणालीमा ६२खर्ब २३ अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो ।  

वाणिज्य बैंकहरुको निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५५ खर्ब १० अर्ब रुपैयाँ रहेको छ । जेठ १९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५५ खर्ब ७ अर्ब रहेको थियो ।  

यस्तै अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ । निक्षेप संकलनसँगै कर्जा प्रवाह पनि बढेको छ । गत जेठ १९ गते ५१ खर्ब २२ अर्ब रहेको कर्जा प्रवाह २ अर्बले बढेर ५१ अर्ब २४ करोड रुपैयाँ पुगेको पुगेको छ ।    

सीडी रेसियो  ८०.११ प्रतिशतबाट घटेर ८०.०९ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने औषत विन्दु अर्थात ३ प्रतिशत कायम भएको छ । जेठ १९ गते अन्तरबैंक ब्याजदर २.९७ प्रतिशत कायम थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.