काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा माउन्टेन इनर्जी नेपाल र नेशनल लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा माउन्ठेन इनर्जीको २९ लाख ५२ हजार ४०.५ कित्ता र स्वरोजगार लघुवित्तको ८ लाख १३ हजार १५४.६६४ कित्ता गरी कुल ३७ लाख ६५ हजार १९५.१६४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा सूचीकृत भएसँगै अब भोलिदेखि दुवै कम्पनीका बोनस सेयरहरु दोस्रो बजारमा कारोबारमा आउनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।