मंगलवार, भाद्र २,२०८३ 08:33:00
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 08:33:00
Bizshala
Global IME Bank Limited

सहकारीद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सहकारीद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
New Office

काठमाण्ठौ । जन जन्नी बचत तथा ऋण सहकारी संस्था धारापानी, धनुषाको आयोजना र शुभ स्वस्तिक हस्पिटल प्रालि बर्दिबास महोत्तरीको प्राविधिक सहयोगमा सहकारीको कार्यालय धारापनीमा जेठ २५ गते शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

उक्त स्वास्थ्य शिविरमा स्त्री रोग, हाड तथा नसा रोग, दन्त रोग, जेनरल स्वास्थ्य र जेनरल सर्जरी सम्वन्धी जाँच गरिएको र सुगरको निःशुल्क ल्याब परिक्षण गरिएको थियो । सहकारीद्धारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा धारापानी आसपासका करिब २४० जना विरामीको स्वास्थ्य परिक्षण गरिएको सहकारीका अध्यक्ष रेशम प्रसाद वास्तोलाले जानकारी गराए ।  

Bizshala
CG Motors

स्वास्थ्य शिविरमा समाजसेवी मोहन कुमार बरालले सुगर जाँचको किट खरिद गरि सहयोग गरेका थिए भने चन्द्रमोद साहले भोजनको व्यवस्थापन र चिकित्सक शंकर महतोले पिउने पानी व्यवस्थापन तथा औषधीमा विशेष छुट दिई सहयोग गरेका थिए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.