काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल सरकारको २ वटा विकास ऋणपत्र सूचिकृत भएको छ। जेठ २७ गतेको निर्णयअनुसार नेप्सेमा दुईवटा सरकारी विकास ऋणपत्र सूचीकृत भएको हो ।
नेप्सेमा ५ अर्ब रुपैयाँबराबरको ‘एनपीडीबी०८०३२०८९(२०८९०३) नामक र १० अर्ब रुपैयाँबराबरको एनपीडीबी०६०५२७८०(२०८७०५) नामक विकास ऋणपत्र सूचीकृत भएका हुन् ।
यी दुवै विकास ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम ८ बमोजिम सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।