काठमाण्डौं । ‘खुत्रुके’ भन्नेबित्तिकै जो कोहीलाई आफ्नो बाल्यकाल याद आउँछ । परम्परागत रुपमा प्रयोग हुँदै आएको पैसा संकलन गर्ने माटोबाट निर्मित भाँडोको रुपमा चिनिने ‘खुत्रुके’सँग हरकसैको आफ्नो बाल्यकालको सम्झना जोडिएको हुन्छ ।
आफूभन्दा ठूला व्यक्तिले आशिषसँगै मिठाई खाउ भनेर ५–१० रुपैयाँ दिंदा हतार–हतार उक्त रकम ‘खुत्रुके’मा जम्मा गरेको प्रायः सबैसँग यस्तो सम्झना भएको हुनुपर्छ । अहिले पनि हामी आफूभन्दा साना भाईबहिनी तथा छोराछोरी जो कोहीलाई स–सानो रकम खुत्रुकेमा जम्मा गर्न प्रेरित गरिरहेका हुन्छौं ।
अझ भनौं अहिले हर जोकोहीको घरमा खुद्रा पैसा राख्न वा संकलन गर्नकै लागि भए पनि ‘खुत्रुके’ राखेका हुन्छौं । आजकल महँगी बढेअनुसार मानिसहरु एक दुई रुपैयाँका नोट होस् वा १०० रुपैयाँभन्दा तलका नोटलाई खासै महत्व दिदैंनन् । झनै एक र दुई रुपैयाँका नोट त बजारमा भेट्टाउन पनि मुश्किल पर्छ ।
एक वा दुई रुपैयाँको सिक्का घरमा यत्रतत्र हुँदा पनि हामी खासै वास्ता गर्दैनौं । अझ भनौं बाटोमा सिक्का पैसा भेटिहाले पनि हामी टिपिहाल्ने जमर्को गर्दैनौ । नेपाली समाजमा सिक्का पैसा मन्दिरमा चढाउन वा माग्नेहरुलाई दिने काममा मात्रै प्रयोगमा आएको देखिन्छ ।
तर, भनाई नै छ ‘थोपा–थोपा गरेर समुन्द्र बन्छ’ भनेजस्तै आज हामीले एक दुई रुपैयाँ भनेर वास्ता नगरिएका त्यस्ता रकम जम्मा गर्ने हो भने भोलि गएर खाँचो हुँदा गर्जो टार्ने माध्यम हुनसक्छ ।
यसरी नै थोरै–थोरै रकम भएपनि बचत गर्न प्रोत्साहनका लागि वित्तीय क्षेत्रको अग्रणी बैंक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘खुत्रुके योजना’ सार्वजनिक गरेको छ ।
पैसाको महत्व बुझेर पनि हामी बचतलाई खासै प्राथमिकता दिएका हुँदैनौ । बचत गर्नुपर्छ भनेर दिमागमा आइहाले पनि अर्को दिन वा अर्को महिनादेखि गरौंला भनेर टार्ने काम गरिरहेका हुन्छौं । आजको १०–२० रुपैयाँ जम्मा गर्दा भोलिका दिनमा अप्ठ्यारो पर्दा काम लाग्नसक्छ भन्ने हेतुले सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई बचत गर्न प्रोत्साहनका साथ भिडियोमार्फत वित्तीय साक्षरता प्रदान गरेको छ ।
बैंकले खुत्रुके योजनामार्फत बैकिङ सचेतना अभियानकै रुपमा आफ्नो नयाँ प्रोडक्ट ल्याएको हो । भिडियो सन्देशमा खुद्रा पैसा देखाउँदै एकजना युवक भन्छन्–‘हे भगवान ! यो पैसाको म के गरौं ? पोखरा घुम्न जाने कि दैला हान्ने ?’ यस्तै यस्तै रोचक कुराहरु समेटेर बैंकले सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ ।
बैंकले भिडियोमार्फत खुत्रुके योजना ल्याएपनि बैंकको मुख्य उद्देश्य भनेको जसरी हामीले घरमा थोरै–थोरै रकम भएपनि खुत्रुकेमा जम्मा गर्छौं, त्यही रकमलाई नै हामीले खुत्रुकेको सट्टा सिटिजन्स बैंकले ल्याएको खुत्रुके योजना बमोजिम बैंकमा जम्मा गर्नु हो । जहाँ हाम्रो रकम सुरक्षितसँगै ब्याज पाउने ग्यारेन्टी समेत हुन्छ ।
यदि कसैले घरमै खुत्रुकेमा वा अन्यत्र पैसा बचत गर्ने गरेको छ भने त्यो पैसा चोरी हुने वा आगलागी भएमा नष्ट पनि हुनसक्छ । घरमै बचत गर्दा सहजै अनावश्यक ठाउँमा खर्च हुनजान्छ । फलस्वरुप बचत घट्छ । बचत गर्दा जहाँ बचतको सुरक्षा हुन्छ, जहाँ बचत गरेबापत प्रतिफल स्वरुप ब्याज पाइन्छ त्यहाँ गर्नुपर्छ।
सिटिजन्स बैंकले ग्राहकहरुको रकम सुरक्षित राख्न ‘खुत्रुके’ योजना ल्याएको छ । घरको खुत्रुकेमा पैसा जम्मा गर्दा हराउने र चोरी हुने जोखिम बढी हुने भएकाले आफ्नो रकम सुरक्षित राख्न सिटिजन्स बैंक उपयुक्त हुने बैंकले भिडियो सन्देशमार्फत जानकारी दिएको छ ।
उक्त भिडियोमा सो युवकले लामो समयदेखि खुत्रुकेमा जम्मा गरेको रकमले पोखरा घुम्न जाने, राम्रो जिन्स पाइन्ट लगाउने कपडा लगाउने योजना बनाउँछन् । तर उनलाई सिटिजन्स बैंकमा लगेर जम्मा गर्ने विचार आउँछ । घरको खुत्रुकेमा पैसा जम्मा गर्दा अनेकन खर्चका बाटो देखिने हुनाले खुत्रुकेमाभन्दा सिटिजन्स बैंकमा खाता खोलेर नै पैसा राख्नु बढी फाइदाजनक हुने भिडियोको मुख्य सन्देश हो ।
यो सन्देशले अहिलेका युवा पुस्ताहरुलाई पनि खुत्रुकेमा होइन बचत बैंकमा नै खाता खोलेर राख्नुपर्छ भन्ने शिक्षा दिएको छ । यो मात्र होइन, भिडियोमा सिटिजन्स बैैंक नै यसका लागि बढी उपयुक्त हुन्छ भन्न खोजेको पनि देखिन्छ ।
बैंकमा बचत गर्दा बचतको सुरक्षा मात्र नभई त्यसमा ब्याज बापत केही पैसासमेत थप हुने र बैंकिङ्ग कारोबारमा पनि बानी पर्ने भन्दै एक फरक किसिमको सन्देश दिन खोजिएको छ ।
भिडियोमा उक्त युवकले लामो समयदेखि खुत्रुकेमा जम्मा गरेको रकमलाई फजुल खर्च गर्न सोंच बनाइरहेका हुन्छन् । तर, कारणबस उनी सिटिजन्स बैंकको प्राङ्गणमा पुग्छन् । त्यसपछि उनलाई सिटिजन्स बैंकमा लगेर त्यो रकम जम्मा गर्ने विचार आउँछ ।
भिडियोले आजका युवा पुस्ताहरुलाई खुत्रुकेमा जम्मा गरेको पैसा फजुल खर्च नगरी बचत स्वरुप बैंकमा जम्मा गर्नुपर्छ भन्ने मूल सन्देश तथा शिक्षा दिएको छ । जसरी हामीले दिनहुँ खुद्रा रकमहरु खुत्रुकेमा जम्मा गछौं त्यसरी नै थोरै–थोरै रकम जम्मा गरेर बैंकमा खाता खोली जम्मा गर्न भिडियोले सन्देश दिएको छ, जसमा बचतसँगै सुरक्षित र केही प्रतिशत भएपनि प्रतिफल पाइने निश्चित रहेको हुन्छ ।
बैंकमा बचत गर्दा बचतको सुरक्षा मात्र नभई त्यसमा ब्याज बापत केही पैसासमेत थप हुने र बैंकिङ कारोबारमा पनि बानी पर्ने भन्दै एक फरक किसिमको सन्देश दिन खोजिएको छ । यो भिडियोको मूल सन्देश नै खुत्रुकेमा जम्मा भएको पैसा बैंकमा लगेर जम्मा गर्नुपर्छ भन्ने हो ।
लामो समयसम्म खुत्रुकेमा पैसा राख्दा पुराना नोटहरु काम नलाग्ने हुन सक्छन्, जसबाट हामीले बचतको केही रकम गुमाउन पुग्छौं । तर त्यहि रकम हामीले बैंकमा खाता खोलेर जम्मा गरे जति पुरानो भएपनि सुरक्षित रहने र ब्याज पनि पाउने निश्चित हुन्छ, भन्ने बैंकले भिडियोमार्फत सन्देश दिन खोजेको छ।
सिटिजन्स बैंकले घरमा खुत्रुके जस्तै पैसा जम्मा गर्न सकिने गरी खाताको व्यवस्था गरेको छ । घरमा थोरै–थोरै रकम जम्मा गर्ने बानीलाई बैंकसम्म पुर्याउँदा सुरक्षित रहन्छ र अनावश्यक खर्च पनि कम हुन जान्छ ।
सिटिजन्स बैंकमा बचत खाता खोल्दा ३.२५ प्रतिशत देखि ५.२५ प्रतिशतसम्म ब्याज पाइने व्यवस्था छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हालसम्म देशैभर रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                