बुधबार, श्रावण २७,२०८३ 04:00:55
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 04:00:55
Bizshala
Global IME Bank Limited

मनी फ्लो इन्डेक्समा एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरमा ‘वियरिस डाइभर्जेन्स’ बन्दै, अबको यात्रा कतातर्फ ?

Prabhu Bank Limited
मनी फ्लो इन्डेक्समा एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरमा ‘वियरिस डाइभर्जेन्स’ बन्दै, अबको यात्रा कतातर्फ ?
New Office

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड नेप्सेको लगानी समूहमा सूचीकृत कम्पनी हो । यो कम्पनी करिब १० वर्ष पहिले गैरआवासीय नेपाली र नेपालमै रहेका अन्य लगानीकर्ताको समूहमार्फत स्थापना भएको हो । यो कम्पनीको स्थापना विशेष गरी जलविद्युत क्षेत्रमा लगानी गर्ने उद्देश्यले भएको हो । यो कम्पनीमा शेष घले, जीवानाथ लामिछाने, अम्बिकाप्रसाद पौडेललगायतका  लगानीकर्ताहरुको समूह छ ।  

यो कम्पनीले २७ मेगावटको दोर्दी खोला जलविद्युत कम्पनी, ७३ मेगावटको मिडिल तमोर हाइड्रो प्रोजेक्ट, २८.१ मेगावटको लोअर लिखु, १४.३ मेगावटको माथिल्लो मैलुङखोला जलविद्युत कम्पनी ,२१.३ मेगावटको ठूलो खोला जलविद्युत आयोजनामा गरेर १६४ मेगावटका विभिन्न जलविद्युत आयोजनामा लगानी गरेको छ ।

आधारभूत पक्षः  

कम्पनीको यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिबेदनअनुसार कम्पनीका चुक्तापूँजी १ अर्ब २२ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ५८ करोड २५ लाख ८१ हजार रुपैयाँ सञ्चित छ । यो सँगै कम्पनीको कूल पूँजी १ अर्ब ८० करोड पुृगेको छ । कम्पनीको खुद मुनाफा ५ करोड ५८ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ६.०८ रुपैयाँ रहेको छ । कम्पनीको बुक भ्यालु १४७.६३ रुपैयाँ रहेको छ भने रिर्टन अन इक्विटी ४.१२ प्रतिशत रहेको छ ।  

प्राविधिक पक्षः  

फिएर एण्ड ग्रिड मिटर  

फिएर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको छ । यो भनेको कम्पनीको सेयर भाउमा लगानीकर्ताको उच्च आकर्षण रहेको छ भन्ने हो । कम्पनीको सेयर भाउ हाल ५२ साताकै उच्च रहेको छ । आज कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६६५ कायम भएको छ । कम्पनीको ५२ साताको न्यून मूल्य २८६ रुपैयाँ रहेको छ । कम्पनीको शतप्रतिशत सेयर सर्वसाधारणमा परिणत भएको छ ।

बोलिङ्गर म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा हेर्दा कम्पनीको सेयर भाउ केही समयदेखि अपर ब्याण्डसँगै हिंडेर बुलिस अवस्थामा देखिन्छ । तर आजको कारोबारमा उच्च भोल्युमका साथ अपर ब्याण्डमा शुटिङ स्टार पनि बनेको देखिन्छ । यसको अर्थ कम्पनीको सेयरमा नाफा बुक पनि चलेको बुझिन्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआई ओभर बट जोन ८४ मा प्ुगेको छ । मनी फ्लो इन्डेक्सबाट हेर्दा भने कम्पनीको सेयरमा वियरिस डाइभर्जेन्स बनेको छ ।  

पिभट् विश्लेषण  

पिभट विश्लेषणमाफर्त सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –७०४

प्रतिरोध २ –६६७

प्रतिरोध १– ६४१

पिभट प्वइन्टः ६०४

घटेमा सपोर्ट  

सपोर्ट १– ५७८

सपोर्ट २– ५४१

सपोर्ट  ३ –५१५  

निष्कर्षः आधारभूत रुपमा यो कम्पनीलाई नियाल्दा गत वर्षको  तुलनामा रिर्टन अन इक्विटी र प्रतिसेयर आम्दानीमा बढेको देखिन्छ । बुक भ्यालुमा सामान्य प्रगति देखिन्छ भने खुद मूनाफामा पनि बढोत्तरी आएको छ । कम्पनीको जगेडा कोषको आकार ३१ प्रतिशतले बढेको छ ।  प्राविधिक रुपमा मनी फ्लो इन्डेक्सबाट नियाल्दा भने वियरिस डाइभर्जेन्स बनेको देखिन्छ ।  

यसको अर्थ केही अल्पकालिन कारोबारका कारण बिक्री दबाव दिदै गर्दा आगामी दिनमा सेयर भाउमा सामान्य करेक्सन आउन सक्छ । हाल प्रतिकित्ता ६६५ रुपैयाँमा अन्तिम कारोबार भएको यो कम्पनीको सेयर भाउ यदि ६५० भन्दा तल खसेमा केही समय करेक्सन आउँन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.