मंगलवार, आश्विन २७,२०८३ 04:33:29
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 04:33:29
Bizshala
Global IME Bank Limited

वाणिज्य बैंकहरुको नाफामा १५% को गिरावट, कसले आर्जन गरे कति ?

Bizshala
वाणिज्य बैंकहरुको नाफामा १५% को गिरावट, कसले आर्जन गरे कति ?
New Office

काठमाण्डौ । वाणिज्य बैंकहरुको नाफा १४.९६ प्रतिशतले घटेको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा झण्डै १५ प्रतिशतले घट्न पुगेको हो । चालु आर्थिक वर्षको १० महिनासम्ममा वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका छन् । 

यो नाफा गत आर्थिक वर्षको तुलनामा ८ अर्ब ५५ करोड ६३ लाख रुपैयाँ कम हो । गत आवको यसै अवधिसम्म वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड ३० लाख रुपैयाँ नाफा कमाएका थिए । २० वटा वाणिज्य बैंकमध्ये ६ वटा बैंकले मात्रै गत वर्षको तुलनामा नाफा बढाएका छन् भने बाँकी १४ वटा बैंकको नाफा घट्न पुगेको छ । वैशाख मसान्तसम्म सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले सो अवधिसम्म ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तर यो नाफा गत आवको तुलनामा भने १०.७५ प्रतिशतले बढी हो । 

गत आवको सो अवधिसम्म बैंकले ६ अर्ब १२ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसका साथै ग्लोबल आइएमई बैंकले पनि वैशाखसम्म ४ अर्ब १२ करोड रुपैयाँ नाफा आर्जन गरी दोस्रो स्थान कायम गरेको छ । बैंकको यो नाफा पनि गत आवको तुलनामा २२.८० प्रतिशत कम हो । गत आवको सो अवधिसम्म बैंकले ५ अर्ब ३४ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि सो अवधिसम्म ३ अर्ब ७७ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यता प्राइम कमर्सियल बैंकले ३ अर्ब २२ करोड र एभरेष्ट बैंकले २ अर्ब ९८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । 

त्यस्तै, कृषि विकास बैंकले २ अर्ब ६९ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ६६ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५६ करोड, प्रभु बैंकले २ अर्ब ५० करोड, एनएमबि बैंकले २ अर्ब ४८ करोड, हिमालयन बैंकले २ अर्ब २२ करोड, एनआइसी एशिया बैंकले २ अर्ब १६ करोड, सिद्धार्थ बैंकले १ अर्ब ९७ करोड, लक्ष्मी सनराइज बैंकले १ अर्ब ९५ करोड, सानिमा बैंकले १ अर्ब ७४ करोड, सिटिजन बैंकले १ अर्ब ५० करोड, कुमारी बैंकले १ अर्ब ४२ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब ४२ करोड, माछापुच्छ्रे बैंकको १ अर्ब १० करोड र नेपाल बैंकले ५९ करोड ३ लाख रुपैयाँ नाफा कमाएका छन् । 

६ वटा बैंकले मात्रै बढाए नाफा गत वर्षको तुलनामा सर्वाधिक नाफा बढाउनेमा भने कृषि विकास बैंक अब्बल देखिएको छ । गत वर्षको वैशाखसम्म १ अर्ब २२ करोड रुपैयाँ मात्रै नाफा कमाएको सो बैंकले चालु आवको वैशाखसम्म १२०.६५ प्रतिशतले बढाएर २ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, प्राइम कमर्सियल बैंकले १५.२१ प्रतिशतले नाफा बृद्धि गरेको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

गत वर्षको वैशाखसम्म २ अर्ब ७९ करोड रुपैयाँ नाफा कमाएको सो बैंकले चालु आवको सो अवधिसम्म ३ अर्ब २२ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । यसका साथै सिद्धार्थ बैंकले पनि गत वर्षको तुलनामा १०.०७ प्रतिशतले नाफा बढाएको छ । गत वर्ष १ अर्ब ७९ करोड मात्रै नाफा कमाएको बैंकले यस अवधिसम्म १ अर्ब ९७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष २ अर्ब ३१ करोड रुपैयाँ मात्रै नाफा कमाएको प्रभु बैंकले पनि १९ करोड रुपैयाँ भन्दा बढी नाफा बृद्धि गरेको छ । 

चालु आवको वैशाखसम्म बैंकले ८.४१ प्रतिशतले नाफा बढाएर २ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ । एभरेष्ट बैंकले पनि गत आवको तुलनामा सामान्य भएपनि नाफा बृद्धि गरेको छ । गत वर्ष २ अर्ब ७५ करोड नाफा कमाएको एभरेष्टले चालु आवको १० महिनामा २ अर्ब ९८ करोड रुपैयाँ नाफा कमाएको छ । सिटिजन बैंकले पनि ५.०९ प्रतिशतले नाफा बढाउन सफल भएको छ ।

गत वर्ष १ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएको सिटिजन्स बैंकले यस वर्षको सो अवधिसम्म १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा १४ वटा वाणिज्य बैंकको नाफा भने घटेको छ । सर्वाधिक नाफा घट्ने बैंकमा नेपाल बैंक रहेको छ । गत वर्ष २ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको नेपाल बैंकले यस अवधिसम्म जम्मा ५९ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ । यो नाफा ७६.०२ प्रतिशत कम हो । 

त्यस्तै, एनआइसी एशियाको ५०.७५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३६.७९ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ३०.९७ प्रतिशत, माछापुच्छ्रेको २९.२६ प्रतिशत, नेपाल एसबिआईको २९.०८ प्रतिशत, ग्लोबल आइएमईको २२.८० प्रतिशत, कुमारीको २१.०६ प्रतिशत, एनएमबिको १६.११ प्रतिशत, हिमालयनको १५.६२ प्रतिशत, सानिमाको ११.२३ प्रतिशत, नबिलको १०.७५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको ४.३१ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.२३ प्रतिशतले नाफा घटेको छ ।

 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X