शुक्रबार, जेष्ठ १,२०८३ 03:58:07
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:58:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल राष्ट्र बैंकको निर्णय: धनतेरसमा सुन होइन, चाँदीका सिक्का मात्रै बिक्री

Laxmi Sunrise Bank Limited
नेपाल राष्ट्र बैंकको निर्णय: धनतेरसमा सुन होइन, चाँदीका सिक्का मात्रै बिक्री
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले यस वर्षको धनतेरसमा सुनका असर्फी बिक्री नगर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले नयाँ असर्फी छाप्न नपाएकाले यसपटक सर्वसाधारणलाई बिक्रीका लागि उपलब्ध गराउन नसकिने भएको हो।

टक्सार महाशाखा प्रमुख प्रतिभा अधिकारीका अनुसार यसपालि चाँदीका सिक्का भने खरिद गर्न पाइनेछ। “केन्द्रीय बैंकले चार प्रकारका चाँदीका सिक्का बिक्री गरिरहेको छ,” अधिकारीले भनिन्, “तर नयाँ असर्फी नछापिएकाले सुनका असर्फी वितरण हुँदैन।”

Bizshala
New Office
CG Motors

सुनका असर्फी छाप्ने निर्णय राष्ट्र बैंकको सञ्चालक समितिबाट हुने प्रावधान छ। तर, तिहार नजिकिँदै गर्दा पनि समितिबाट कुनै निर्णय नआएपछि नयाँ असर्फी छपाइ प्रक्रिया रोकिएको हो।

हाल सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। मंगलबार मात्र नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार नाघेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। बजारमा माग बढ्दो भए पनि आपूर्तिमा कमी देखिएको अधिकारीहरूले बताएका छन्। विश्वभरका केन्द्रीय बैंकहरू आफ्ना सञ्चितिको रूपमा सुन संकलन गरिरहेकाले आपूर्तिमा थप दबाब परेको विश्लेषण गरिएको छ।

गत वर्षको धनतेरसमा राष्ट्र बैंकले करिब ११ किलो सुन र १७१ किलोभन्दा बढी चाँदी सर्वसाधारणलाई बिक्री गरेको थियो। तीमध्ये २.५ ग्राम तौलका ४ हजार ५२० थान सुनका असर्फी वितरण भएका थिए।

Garima Development Bank
Shivam Cement
IME remit

धनतेरसलाई नेपालका तराई क्षेत्र र भारतमा अत्यन्त शुभ मानिन्छ। यस दिनलाई धातुजन्य वस्तु किनमेलको प्रतीकात्मक दिनका रूपमा मनाइन्छ। पौराणिक विश्वासअनुसार समुद्र मन्थनका क्रममा भगवान धन्वन्तरीले अमृतले भरिएको कलश बोकेर प्रकट भएको दिन यही हो। त्यसैले यस दिन नयाँ भाँडाकुँडा, सुनचाँदीका गरगहना किन्ने परम्परा आज पनि उत्साहका साथ मनाइन्छ।

यो वर्ष भने असर्फीको चमक हराए पनि धनतेरसको धार्मिक र सांस्कृतिक रौनक कम हुने छैन—चाँदीका सिक्का र श्रद्धाभावले त्यो परम्परा अझै उज्यालो बनाउने अपेक्षा गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X