मंगलवार, असार ३,२०८२ 07:41:41
  • मंगलवार, असार ३,२०८२ 07:41:41
Global IME Bank Limited

आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३५ डिग्रीसम्म पुग्ने, कस्तो रहँला देशभरको मौसम ?

Hyundai Nepal
आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३५ डिग्रीसम्म पुग्ने, कस्तो रहँला देशभरको मौसम ?
Nabil Bank Limited

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३५ डिग्रीसम्म पुग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले आजका लागि काठमाण्डौ उपत्यकाको तापक्रमको पूर्वानुमान गर्दै अधिकतम ३५ र न्यूनतम २१.६ डिग्री सम्म रहने जनाएको हो । त्यस्तै आज काठमाण्डौ उपत्यकामा २.८ एमएमसम्मको वर्षा हुन सक्ने समेत विभागले पूर्वानुमान गरेको छ ।  

हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली भई बाँकी  भू(भागमा आंशिक बदली रहेको छ। कोशी  प्रदेशका केही स्थानहरुमा तथा मधेश र बाग्मती  प्रदेशका थोरै स्थानहरुमामा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेश लगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली  तथा बाँकी भू–भागमा आंशिक देखी  मौसम मुख्यतया सफा रहने छ। कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा  मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा , मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना  रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.