सोमबार, असार २,२०८२ 07:02:36
  • सोमबार, असार २,२०८२ 07:02:36
Global IME Bank Limited

निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढ्यो, कति छ अन्तर बैंक ब्याजदर ?

Hyundai Nepal
निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढ्यो, कति छ अन्तर बैंक ब्याजदर ?
Nabil Bank Limited

काठमाण्डो । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता कायमै रहेको छ । जेठ ३१ गतेसम्म बैंकिङ प्रणालीमा ६२ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको छ । जेठ ३० गतेसम्म भने बैंकिङ प्रणालीमा ६२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप थियो । यसरी एक दिनको अन्तरालमा ७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।  

वाणिज्य बैंकहरुको निक्षेप संकलन ६ अर्ब रुपैयाँले बढेको छ । गत जेठ ३० गते ५५ खर्ब १९ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप संकलन ६ अर्बले बढेर ५५ खर्ब २५ अर्ब रुपैयाँ रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप संकलन पनि १ अर्ब रुपैयाँले बढेको छ । जेठ ३१ गतेसम्म अन्य वित्तीय संस्थाको निक्षेप संकलन ७ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निक्षेप संकलनसँगै बैंकिङ प्रणालीको कर्जा प्रवाह पनि बढेको छ । गत जेठ ३० गतेसम्म ५१ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा जेठ ३१ गतेसम्म भने ५१ खर्ब ३३ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको छ ।  

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि १ अर्ब रुपैयाँले बढ्दै ४५ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ । जेठ ३१ गतेसम्म सीडी रेसियो ८०.१४ बाट घटेर ८०.०८ प्रतिशत कायम भएको छ ।  

यस्तै अन्तर बैंक ब्याजदर केहि घटेको छ । अन्तर बैंक ब्याजदर २.९७ प्रतिशतबाट घटेर २.९५ प्रतिशत कायम भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.