काठमाण्डौ । वर्कशायर हाथवेले चिनियाँ ईभी अटो निर्माता कम्पनी बिवाईडीको १३ लाख कित्ता सेयर बिक्री गरेको छ । प्रसिद्ध अमेरिकी सेयर लगानीकर्ता वारेन बफेटको कम्पनी वर्कशायरले बिवाईडीको ३९.८ मिलियन डलर मूल्यबराबरको १३ लाख कित्ता सेयर बिक्री गरेको हो ।
वर्कशायरले हङकङमा सूचीकृत बिवाईडीको सेयर बिक्री गरेको हो । ठूलो परिमाणमा सेयर बिक्री गरेपछि अब कम्पनीको वर्कशायरको स्वामित्व ७.०२ प्रतिशतबाट घटेर ६.९० प्रतिशतमा झरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।