मंगलवार, असार ३,२०८२ 07:22:23
  • मंगलवार, असार ३,२०८२ 07:22:23
Global IME Bank Limited

रामहरि खतिवडाले संसद बैठकमा किन दिए भौतिक मन्त्रीलाई रु. ५ ?

Hyundai Nepal
रामहरि खतिवडाले संसद बैठकमा किन दिए भौतिक मन्त्रीलाई रु. ५ ?
Nabil Bank Limited

काठमाण्डौ । माओवादीले नेतृत्व गरेको सरकारका अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटका कारण अहिले गठबन्धनभित्रै पनि रडाको मच्चिएको छ ।  

अर्थमन्त्री पुनले बजेटमा मनपरी गरेका सांसदहरुको आरोप छ । पुनलाई हातमा लिएर एमालेबाट भौतिक मन्त्री बनेका रघुवीर महासेठले समेत उस्तै मनपरी गरेको भन्दै सांसदहरुले दैनिकजसो रोष प्रकट गरिरहेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पुनलाई थर्काउँदै बजेटको २ दिनअघि सिंहदरबारमै छिरेर आफ्नो क्षेत्रमा पैसाको ओइरो लगाएका भौतिक योजनामन्त्री रघुवीर महासेठ समेत यो बजेटपछि विवादमा तानिएका छन् ।  

एमालेबाट मन्त्री बनेको महासेठले अर्थमन्त्रीलाई समेत थर्काएर आफ्नो र पत्नी जुली महताको निर्वाचन क्षेत्रमा बजेटको ओइरो लगाएका आरोप अरु सांसदको छ ।  

यही क्रममा मंगलबार बोल्ने अधिकांश सांसदले बजेटको असन्तुलित योजना छनौट तथा स्रोत बाँडफाँडको कडा स्वरमा विरोध गरे ।  

एमाले सांसद सूर्य थापाले समेत महासेठको कार्यशैलीको विरोध गरे ।  

कांग्रेसका सांसद रामहरि खतिवडाले त रघुवीरलाई पैसाले नपुगेको भन्दै ५ रुपैयाँ थपिदिए ।  

खतिवडाले आफ्नो निर्वाचन क्षेत्र रहेको ओखलढुंगाको महत्वपूर्ण सडकका लागि बजेट माग गर्न खोज्दा मन्त्री महासेठले भेट नै नदिएकोमा रोष प्रकट गरे ।  

खतिवडाले भौतिक पूर्वाधार मन्त्रालयको बजेटमध्ये ८ अर्ब बढी धनुषा र त्यहाँका २ वटा निर्वाचन क्षेत्रमा केन्द्रित गरिएको भन्दै आपत्ति जनाएका छन् ।  

खतिवडाले बजेट खन्याइएको आरोप लगाएका धनुषा ४ महासेठको निर्वाचन क्षेत्र हो भने धनुषा ३ चाहिँ उनकी पत्नी जुलीकुमारी महतो निर्वाचित क्षेत्र हो ।  

अब बाँकी रहेको बजेट पनि उतै लैजान र त्यसले पनि नपुग्ने भए म त्यसमा ५ रुपैयाँ थप्न चाहन्छु भन्दै नोट झिकेर रोष्टममै छाडेर हिँडेका हुन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.