मंगलवार, भाद्र २,२०८३ 09:32:55
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 09:32:55
Bizshala
Global IME Bank Limited

रामहरि खतिवडाले संसद बैठकमा किन दिए भौतिक मन्त्रीलाई रु. ५ ?

रामहरि खतिवडाले संसद बैठकमा किन दिए भौतिक मन्त्रीलाई रु. ५ ?
New Office

काठमाण्डौ । माओवादीले नेतृत्व गरेको सरकारका अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटका कारण अहिले गठबन्धनभित्रै पनि रडाको मच्चिएको छ ।  

अर्थमन्त्री पुनले बजेटमा मनपरी गरेका सांसदहरुको आरोप छ । पुनलाई हातमा लिएर एमालेबाट भौतिक मन्त्री बनेका रघुवीर महासेठले समेत उस्तै मनपरी गरेको भन्दै सांसदहरुले दैनिकजसो रोष प्रकट गरिरहेका छन् ।  

Bizshala
CG Motors

पुनलाई थर्काउँदै बजेटको २ दिनअघि सिंहदरबारमै छिरेर आफ्नो क्षेत्रमा पैसाको ओइरो लगाएका भौतिक योजनामन्त्री रघुवीर महासेठ समेत यो बजेटपछि विवादमा तानिएका छन् ।  

एमालेबाट मन्त्री बनेको महासेठले अर्थमन्त्रीलाई समेत थर्काएर आफ्नो र पत्नी जुली महताको निर्वाचन क्षेत्रमा बजेटको ओइरो लगाएका आरोप अरु सांसदको छ ।  

यही क्रममा मंगलबार बोल्ने अधिकांश सांसदले बजेटको असन्तुलित योजना छनौट तथा स्रोत बाँडफाँडको कडा स्वरमा विरोध गरे ।  

एमाले सांसद सूर्य थापाले समेत महासेठको कार्यशैलीको विरोध गरे ।  

कांग्रेसका सांसद रामहरि खतिवडाले त रघुवीरलाई पैसाले नपुगेको भन्दै ५ रुपैयाँ थपिदिए ।  

खतिवडाले आफ्नो निर्वाचन क्षेत्र रहेको ओखलढुंगाको महत्वपूर्ण सडकका लागि बजेट माग गर्न खोज्दा मन्त्री महासेठले भेट नै नदिएकोमा रोष प्रकट गरे ।  

खतिवडाले भौतिक पूर्वाधार मन्त्रालयको बजेटमध्ये ८ अर्ब बढी धनुषा र त्यहाँका २ वटा निर्वाचन क्षेत्रमा केन्द्रित गरिएको भन्दै आपत्ति जनाएका छन् ।  

खतिवडाले बजेट खन्याइएको आरोप लगाएका धनुषा ४ महासेठको निर्वाचन क्षेत्र हो भने धनुषा ३ चाहिँ उनकी पत्नी जुलीकुमारी महतो निर्वाचित क्षेत्र हो ।  

अब बाँकी रहेको बजेट पनि उतै लैजान र त्यसले पनि नपुग्ने भए म त्यसमा ५ रुपैयाँ थप्न चाहन्छु भन्दै नोट झिकेर रोष्टममै छाडेर हिँडेका हुन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.