मंगलवार, श्रावण १९,२०८३ 10:51:36
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 10:51:36
Bizshala
Global IME Bank Limited

मिरा बायोटेक र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता

मिरा बायोटेक र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता
New Office

काठमाण्डौ । मिरा बायोटेक प्रालि र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ ।  

आज एक कार्यक्रमका बीच मिरा बायोटेकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रलले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

कार्यक्रममा दुवै संस्थाका उच्च पदस्त कर्मचारीहरुको उपस्थिती रहेको थियो । मिरा बायोटेकले डब्लूएचओ मापदण्डबमोजिम औषधी उत्पादन गर्दै आइरहेको छ । साथै, कम्पनीले स्थानीय र विदेशी बजारहरुका लागि औषधीजन्य ठोस खुराक उत्पादन तथा वितरण गर्दै आईरहेको छ ।

वित्तीय परामर्श अन्र्तरगत नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले वित्तीय संरचना, वित्तीय व्यवस्थापन, व्यवसायिक योजना र संस्थाको संरचना हेरफेर जस्ता सेवाहरु उपलब्ध गराउने छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.