सोमबार, असार २,२०८२ 06:25:07
  • सोमबार, असार २,२०८२ 06:25:07
Global IME Bank Limited

निक्षेप तीव्र रुपमा बढ्दै, कर्जा प्रवाह सुस्ताउदा सीडी रेसियो ८०% तल

Hyundai Nepal
निक्षेप तीव्र रुपमा बढ्दै, कर्जा प्रवाह सुस्ताउदा सीडी रेसियो ८०% तल
Nabil Bank Limited

काठमाण्डो । पछिल्लो समय बैंकिङ प्रणालीको निक्षेप संकलन तीव्र रुवमा बढ्दै गएको छ । तर निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह भने बढ्न सकेको छैन । जसका कारण सिडी रेसियो ८० प्रतिशत तल झरेको छ । 

असार ५ गतेसम्म बैंकिङ प्रणालीमा ६२ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको छ । असार ४ गतेसम्म भने बैंकिङ प्रणालीमा ६२ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप थियो । यसरी एक दिनको अन्तरालमा २ अर्ब रुपैयाँ निक्षेप संकलन भएको हो ।  

वाणिज्य बैंकहरुको निक्षेप संकलन १ अर्ब रुपैयाँले बढेको छ । गत असार ४ गते ५५ खर्ब ४५ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप संकलन १ अर्बले बढेर ५५ खर्ब ४६ अर्ब रुपैयाँ रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप संकलन भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप संकलन ७ खर्ब १८ अर्ब रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निक्षेप संकलनसँगै बैंकिङ प्रणालीको कर्जा प्रवाह पनि बढेको छ । गत जेठ ३० गतेसम्म ५१ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा जेठ ३१ गतेसम्म भने ५१ खर्ब ३३ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको छ ।  

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने घटेको छ । कर्जा प्रवाह १ अर्ब रुपैयाँले घट्दै ४५ खर्ब ४३ अर्ब रुपैयाँमा सीमित बनेको छ । असार ४ गतेसम्म ७९.८७ प्रतिशत रहेको सीडी रेसियो घटेर ७९.८३ प्रतिशत कायम भएको छ ।  

यस्तै अन्तर बैंक ब्याजदर केहि घटेको छ । अन्तर बैंक ब्याजदर २.९९ प्रतिशतबाट घटेर २.९६ प्रतिशत कायम भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.