काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा ४० हजार बढी कित्ता सेयर थपिएको छ।
नेप्सेमा नेपाल फाइनान्सको लिलामीमा बिक्री गरिएको अवितरित हकप्रद सेयर सूचीकृत भएको हो। जसअनुसार कम्पनीको ४० हजार २४५ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ।
नेपाल फाइनान्सले केही समयपहिले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री गरेको थियो। जसमा बिक्री हुन नसकेको हकप्रद लिलामीमा राखिएको थियो।
सोही लिलामी प्रक्रियामार्फत बिक्री भएको हकप्रद सेयर आज नेप्सेमा थपिएको हो।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                