काठमाण्डौ । अर्काको नागरिकता दुरुपयोग गरी बैंक खाता खोलेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । अरुको नागरिकता प्रयोग गरी अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको अभियोगमा काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई हाल कामनपा–२ बस्ने ४० वर्षिय सरस्वती खड्का पक्राउ परेकी हुन् ।
खड्काले अरुको नागरिकता दुरुपयोग गरी बैंकको केवाईसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिने गरेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला परिसरबाट खटिएको पक्राउ गरी बैंकिङ कसुर सजाय ऐन,२०६४ बमोजिम आवश्यक अनुसन्धान गरिरहेको छ ।