मंगलवार, असार ३,२०८२ 07:59:24
  • मंगलवार, असार ३,२०८२ 07:59:24
Global IME Bank Limited

नेपालको साक्षरतादर ७७.४% पुग्यो, कुन प्रदेशमा सबैभन्दा धेरै ?

Hyundai Nepal
नेपालको साक्षरतादर ७७.४% पुग्यो, कुन प्रदेशमा सबैभन्दा धेरै ?
Nabil Bank Limited

काठमाण्डौ । देशको साक्षरतादर ७७.४ प्रतिशत पुगेको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०२२÷२३ का अनुसार नेपालको साक्षरतादर ७७.४ प्रतिशत पुगेको हो ।  

सर्वेक्षणमा पुरुषको साक्षरतादर ८५.८ प्रतिशत र महिलाको साक्षरता दर ७०.१ प्रतिशत रहेको देखिएको छ ।

सबैभन्दा धेरै साक्षरतादर भएको उमेर समूहमा १५ वर्ष र सोभन्दा माथिको उमेरमा देखिएको छ । यो उमेर समूहको साक्षरतादर ७२.५ प्रतिशत रहेको छ । जसमा महिलाको साक्षरतादर ६४.१ प्रतिशत र पुरुषको साक्षरतादर ८२.९ प्रतिशत रहेको छ ।

सन् २०१०/११ को जीवनस्तर सर्वेक्षणमा भने १५ वर्ष र सोभन्दा माथिका जनसंख्याको साक्षरतादर  ५६.५ प्रतिशतमा सीमित थियो ।  

प्रदशगत रुपमा हेर्दा ५ वर्षभन्दा माथिको उमेरमा सबैभन्दा धेरै साक्षरतादर गण्डकी प्रदेशमा देखिएको छ । गण्डकी प्रदेशमा ८३.४ प्रतिशत साक्षरतादर रहेको छ । यहाँ पुरुषको साक्षरतादर ९१.३ प्रतिशत र महिलाको साक्षरतादर ७६.६ प्रतिशत रहेको छ ।  

त्यस्तै बागमति प्रदेशमा ८३ प्रतिशत साक्षरतादर रहेको छ । यहाँ पुरुषको साक्षरतादर ८९.४ प्रतिशत र महिलाको साक्षरतादर ७६.८ प्रतिशत रहेको छ ।    

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सबैभन्दा कम साक्षरतदर मधेश प्रदेशमा रहेको छ । यहाँको साक्षरतादर ६८.३ प्रतिशत रहेको छ ।  

महिला साक्षरता दर सबैभन्दा धेरै बागमतीमा रहेको छ। यहा ७६.८ प्रतिशत महिला साक्षरतादर रहेको छ । महिला साक्षरतादर सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ । यहाँ महिला साक्षरतादर ५९.९ प्रतिशत मात्रै रहेको छ ।  

सबैभन्दा धेरै पुरुष साक्षरता दर गण्डकी प्रदेशमा रहेको छ । यो प्रदेशमा पुरुष साक्षरतादर ९१.३ प्रतिशत पुगेको छ । त्यस्तै सबैभन्दा कम पुरुष साक्षरता दर मधेश प्रदेशमा रहेको छ । यहाँ ७७.९ प्रतिशत पुरुष साक्षरतादर रहेको छ ।

यस्तै कोशी प्रदेशको साक्षरतादर ७८.२ प्रतिशत,लुम्बिनीको ८०.१ प्रतिशत,कर्णालीको ७६.६ प्रतिशत र सु्दूरपश्चिमको ७३.५ प्रतिशत साक्षरतादर रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.