सोमबार, असार २,२०८२ 11:10:01
  • सोमबार, असार २,२०८२ 11:10:01
Global IME Bank Limited

सेयर कारोबार रोक्का राख्न आग्रह गर्दै जाल्पा सामुदायिक र किसान लघुवित्तले दिए नेप्सेमा आवेदन

Hyundai Nepal
सेयर कारोबार रोक्का राख्न आग्रह गर्दै जाल्पा सामुदायिक र किसान लघुवित्तले दिए नेप्सेमा आवेदन
Nabil Bank Limited

काठमाण्डौ । मर्जरमा गएका जाल्पा सामुदायक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो बजार सेयर कारोबार रोक्का राख्नका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आवेदन दिएका छन् । यी दुवै संस्थाले आगामी असार २७ गतेदेखि मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्दैछन् ।  

दुवै संस्थाले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा ९ मा भएको व्यवस्था बमोजिम हुने गरी संस्थाको सेयर कारोबार रोक्का राख्ने व्यवस्था मिलाइदिन आग्रह गर्दै नेप्सेमा आवेदन दिएका हुन् ।  

यी दुवै संस्थालाई नेपाm राष्ट्र बैंकले गत जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो । केन्द्रीय बैंकले दुवै संस्थालाई ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार सञ्चालन गर्नेगरी स्वीकृति दिएको हो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने(मर्जर) कार्यका लागि गत चैत १८ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

दुवै संस्थाको गत चैत ९ गते सम्पन्न बेग्ला–बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । जाल्पा सामूदायिक लघुवित्तले १ सेयर र किसान लघुवित्तले ०.८८३४ सेयर प्राप्त गर्ने अर्थात १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित भएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.