सोमबार, फाल्गुन २६,२०८१ 05:53:05
IME remit
  • सोमबार, फाल्गुन २६,२०८१ 05:53:05
IME remit
Global IME Bank Limited

भरतपुर महानगरपालिकाको कृषिमा १३ करोड, बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रोत्साहन

Hyundai Nepal
भरतपुर महानगरपालिकाको कृषिमा १३ करोड, बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रोत्साहन
Nabil Bank Limited

काठमाण्डौ । भरतपुर महानगरपालिकाले कृषि क्षेत्रका लागि १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार भएको १५ औं अधिवेशनमा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा कृषि प्रविध प्रसार कार्यक्रम गर्ने विषय समावेश गरिएको छ ।

वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेशातर्फ आकर्षित गर्नका लागि व्यवसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, कृषि तथा पशु बीमा कार्यक्रमलाई निरन्तरता, कृषकको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन गर्न रु ६ करोड विनियोजन गरिएको प्रमुख दाहालले बताइन् ।

दुध उत्पादनमा दिइँदै आएको उत्पादनमा आधारित प्रतिलिटर रु ३ अनुदान कार्यक्रमलाई निरन्तरता, पशु बीमा कार्यक्रम सञ्चालन, मत्स्यफर्महरूमा प्रयोग हुने विद्युत् महसुलमा पचास प्रतिशत अनुदान निरन्तरता लगायत पशुविकास कार्यक्रम कार्यान्वयन गर्न रु ७ करोड बजेट विनियोजन गरिएको छ।

भरतपुर महानगरपालिकालाई उन्नत बिउ तथा खाद्यान्न उत्पादनको हबको रूपमा विकास गरिने छ, उहाँले भन्नुभयो,‘ वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेशातर्फ आकर्षित गर्नका लागि व्यवसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, बाँझो जमिनमा खेती गर्ने कृषकहरूलाई प्रोत्साहन गरिने छ।’

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

यस्तै रैथानै बालीको प्रवर्धन, प्राङ्गारिक मलको उत्पादन र प्रयोगलाई प्रोत्साहन, आई. पि. एम. कृषक पाठशालालाई निरन्तरता, रासायनिक मलको न्यायोचित वितरण तथा नियमन, कृषि सूचना प्रणालीको विकास गरिने छ। कृषि तथा पशु बीमा कार्यक्रमलाई निरन्तरता, कृषिको तथ्यांकलाई सुदृढीकरण, किसानका क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रमहरू सञ्चालन गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।  

कृषि तथा वन विज्ञान विश्वविद्यालयसंग कृषि तथा पशुपालनको क्षेत्रमा प्रविधि विकास तथा विस्तार र विज्ञ सेवाको लागि सहकार्यमा कार्यक्रम सञ्चालन गरिने छ।

“भरतपुर भ्रमण वर्ष २०२४” को सन्दर्भमा महानगरपालिकामा रहेका उत्कृष्ट कृषि फर्महरूलाई अध्ययन अवलोकन र नमुनाका रूपमा विकास गरी कृषि पर्यटन (एग्रो टुरिज्म) लाई प्रवर्धन गर्न कृषक समूह तथा सहकारीहरूलाई प्रोत्साहन गरिने प्रमुख दाहालले बताउनुभयो ।

“स्वस्थ आहार, स्वस्थ व्यवहार” अनुरूप आफैले आफ्ना लागि  तरकारी उत्पादन तथा हरियाली प्रवर्धनका लागि  सहरी क्षेत्रमा कौशी र करेसाबारीमा तरकारी, फलफूल तथा फूल खेती प्रवर्धन गर्न प्रोत्साहन गरिने छ ।

“खेतखेतमा कृषि प्राविधिक, गोठ गोठमा पशु प्राविधिक” नीतिलाई कार्यन्वयनमा लगिने छ।

भरतपुर महानगरपालिका र विश्वविद्यालय तथा अन्य शिक्षण संस्थाहरूसंग सहकार्यको माध्यमवाट प्रविधि विकास, प्रसार तथा अनुसन्धानका कार्यक्रमहरू सञ्चालन गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.