बुधबार, श्रावण २७,२०८३ 01:31:49
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 01:31:49
Bizshala
Global IME Bank Limited

सेबोनको अध्यक्ष छनौट समितिका सदस्य उदय निरौलाको अनुभव नपुगेको दाबी

Prabhu Bank Limited
सेबोनको अध्यक्ष छनौट समितिका सदस्य उदय निरौलाको अनुभव नपुगेको दाबी
New Office

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्ष छनौट समितिका सदस्य उदय कुमार निरौलाको अनुभव नपुगेको भन्दै राष्ट्रिय सूचना आयोगमा सूचना माग भएको छ । निरौलाको अनुभव नपुगेका कारण छनौट समितिमा रहन अयोग्य रहेको भन्दै आयोगमा सूचना माग भएको हो ।  

नेपाल सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि ३ सदस्य सम्मिलित समिति बनाएको थियो । जसमा अर्थ मन्त्रालयका सचिवसहित एक पूँजीबार विज्ञ हुनु पर्ने व्यवस्था रहेको छ । हाल धितोपत्र बोर्डको अध्यक्ष छनौट समितिको सदस्य हुन नेपालको मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नाकोत्तर तह उत्तिण गरेको हुनुपर्छ ।  

निरौलाले त्रिभुवन विश्वविद्यालयबाट एमफिलसम्मको अध्यन गरेका कारण उनको शैक्षिक योग्यतामा भने कुनै प्रश्न उठेको छैन । तर उनको पूँजीबजार सम्बन्धित योग्यता भने नपुगेको उजूरीकर्ता हरि बहादुर केसीले दाबी गरे । केसी भन्छन्, ‘छनौट समितिमा रहन पूँजी बजारमा कुनै संगठित संस्थामा कार्यकारी भूमिकामा ७ वर्षको कार्यानुभव आबश्यक हुन्छ । तर उनले पेश गरेको अनुभवमा पूँजी बजारसंग सम्बन्धित कार्यानुभव नपुगेको देखिन्छ ।’  

निरौलाले पेश गरेको अनुभवमा शंकरदेव क्याम्पस र गोल्डेन गेट कलेजमा सन् २००७ सालदेखि शिक्षण पेशामा आवद्ध रहेको उल्लेख छ । त्यसैगरि, उनले पेश गरेको अनुभवपत्रमा एक्सटान्ट फाउण्डेशनमा नामक एनजीओको प्रमूख कार्यकारी रहेको उल्लेख छ । जुन भनेको पूँजीबजारसँग सम्बन्धित नरहेरको केसीको दाबी छ ।  

धितोपत्र ऐनअनुसार अध्यक्ष छनौटको लागि उदय निरौलाका आबश्यक योग्यता पुगे पनि अनुभव भने नपुगेको तर्क केसीको रहेको छ । यहि कारण उनले अध्यक्षका लागि सिफारिस गरेको व्यक्ति स्वतःअयोग्य हुने उनले बताए  । ‘यो नक्कली डाक्टरले बिरामी जाँचे जस्तै हो । यसमा भ्रष्टाचारको मुद्दा पनि चल्न सक्छ,’ केसीले भने ।  

यसै विषयमा केसीले राष्ट्रिय सूचना आयोगमा उजूरी दिएर निरौलाका सम्पूर्ण विबरण माग गरेका छन् । कार्ययोजना प्रस्तसतीकरण तथा अन्तर्वार्तामा २ जना मात्रै सहभागी भएपछि हाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया अन्यौलमा रहेको छ ।  

 

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.