बुधबार, श्रावण २७,२०८३ 01:32:35
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 01:32:35
Bizshala
Global IME Bank Limited

दोहोरो अंकले घट्यो नेप्से,‘बजारमा बिक्री दबाव व्याप्त’

Prabhu Bank Limited
दोहोरो अंकले घट्यो नेप्से,‘बजारमा बिक्री दबाव व्याप्त’
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५६ प्रतिशत अर्थात ११.६० अंकले घटेर २०६०.१६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६२ प्रतिशतले घटेर ३६२.७४ विन्दुमा झरेकोे छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता सेयर ४ अर्ब ५ करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार मेघनाथ निरौला भन्छन्, ‘अहिले असार मसान्तको हिसाबमिलानका कारण बजार दबाव सिर्जना भएको छ । अन्य व्यापार व्यवसायमा पनि सुस्तता छाएको छ । निजी कम्पनीहरुलाई तलब खुवाउन पनि सेयर बेच्नु पर्ने अवस्था छ । यहि कारण बजारमा बिक्री दबाव परेको छ ।’

यद्यपी आगामी साताबाट बजार सम्हालिन सक्ने र यो बेला राम्रा कम्पनीमा लगानी गर्ने उपयुक्त समय भएको उनले बताए ।  

अर्का बजार जानकार दामोदर गजुरेल भन्छन्,‘ असार मसान्तको प्रभाव र केहि बढेका समूहमा नाफा बुकका कारण आज बजार घट्न पुगेको हो । बैंक तथा वित्तीय क्षेत्रमा बिक्री दबावका कारण बजार ओरालो लागेको छ ।’

गजुरेलका अनुसार नियामकको कसिलो नीति र बजारप्रतिको उदासिनताले नयाँ लगानीकर्ता बजार प्रवेश गर्न नसकेका कारण सेयर बजार घटिरहेको छ ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य १० वटा समूहमा रातो पोतियो । आज वित्त समूह ०.४५ प्रतिशत,म्युचुअल फण्ड ०.१४ र व्यापार समूह ०.२२ प्रतिशतले बढ्यो ।  

आज विकास बैंक समूहमा सबैभन्दा धेरै गिरावट आयो । यो समूह आज १.०३ प्रतिशतले ओरालो लाग्यो । साथै आज बैंकिङ समूह ०.६५ प्रतिशत,होटल ०.२९,हाईड्रो ०.५८,लगानी ०.९१,जीवन बीमा ०.६१,उत्पादन तथा प्रशोधन ०.१६,लघुवित्त ०.४८,निर्जीवन बीमा ०.३४ र अन्य समूह ०.५८ प्रतिशतले ओरालो लाग्यो ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्स कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको १६ करोड ४६ लाख बढीको सेयर कारोबार भएको छ ।  

यस्तै आज गूडविल फाइनान्सको १५ करोड १६ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको १३ करोड ३३ लाख,ग्लोबल आईएमई लघुवित्तको ८ करोड ८२ लाख र पोखरा फाइनान्सको ८ करोड ८१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेपाल फाइनान्स कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यो दिन शिवश्री हाईड्रोको सेयरमूल्य ७.२६ प्रतिशत,गणपति लघुवित्तको ७.१३,मुक्तिनाथ कृषि कम्पनीको ६.५० प्रतिशत र स्वाभिमान लघुवित्तको सेयरमूल्य ५.१० प्रतिशतले बढ्यो ।  

सबैभन्दा धेरै सेयरमूल्य घट्ने कम्पनीको रुपमा आज साधना लघुवित्त कम्पनी रह्यो । यो कम्पनीको सेयरमूल्य ६.३८ प्रतिशतले घट्यो । यस्तै आज हिमालयन उर्जाको सेयरमूल्य ५.२५ र मिल सोलु हाईड्रोको सेयरमूल्य ४.२६ प्रतिशतले घट्यो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.