शुक्रबार, कार्तिक २७,२०८३ 02:20:13
  • शुक्रबार, कार्तिक २७,२०८३ 02:20:13
Global IME Bank Limited

सिम कार्ड लिन तथा अन्य सरकारी र निजी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

Bizshala
सिम कार्ड लिन तथा अन्य सरकारी र निजी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
New Office

काठमाण्डौ । अब मोबाइलको सिमकार्ड लिन अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र हुनु पर्ने भएको छ । आगामी माघ १ गतेदेखि मोबाइलको सिमकार्ड लिन अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र पेश गर्नुपर्ने भएको हो ।  

सोमबार गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनाका अनुसार टेलिफोन तथा सिमकार्डसम्बन्धी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा यस्तो सूचना जारी उल्लेख छ ।  

यससँगै अब सरकारी निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेश गर्नुपर्नेछ । यसअघि भने यस्तो सेवा लिनका लागि नागरिकता प्रमाणपत्रको देखाउनु पर्ने व्यवस्था थियो ।  

यस्तै माघ १ गतेदेखि बैंकिङ तथा वित्तीय सेवा, सामाजिक सुरक्षा कोष स्वास्थ्य बीमा, निवृत्तीभरण, राजश्व (व्यक्तीगत आयकर दर्ता), सवारी चालक अनुमतीपत्र, कम्पनी दर्ता तथा नविकरण सम्बन्धी सेवा  र घरजग्गा किनबेचसम्बन्धी सेवाका लागि पनि राष्ट्रिय परिचपयत्र अनिवार्य गरिएको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors
Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.