आईतवार, आश्विन ६,२०८१ 05:05:08
IME remit
  • आईतवार, आश्विन ६,२०८१ 05:05:08
IME remit
Global IME Bank Limited

नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी सहभागी हुने ? कति रकम जम्मा गर्दा कति पाइन्छ पेन्सन ?

Hyundai Nepal
नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी सहभागी हुने ? कति रकम जम्मा गर्दा कति पाइन्छ पेन्सन ?
Nabil Bank Limited

काठमाण्डौ । नागरिक लगानी कोषले अवकाश पछिको वित्तीय आवश्यकता पुरा गर्न ‘नागरिक पेन्सन योजना सञ्चालन गरिरहेको छ । कोषले विस २०७७ सालदेखि यो योजना सञ्चालन गरिरहेको छ ।  

यस योजनामा आय आर्जन गर्ने जोसुकै, प्रचलित कानून बमोजिम स्थापना भएका संघ संस्था एवंम प्रतिष्ठानमा कार्यरत श्रमिकरकर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्नेछन् ।    

बचत गर्न सकिने सीमा ?

योजनामा सहभागी हुने बचतकर्ताले न्यूनतम मासिक रु ५०० देखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने सङ्ख्यामा रकम जम्मा गर्न सक्नेछन्। बचतकर्ताको आम्दानीको आधारमा मासिकरत्रैमासिकरअर्धवार्षिकरवार्षिक रुपमा पनि रकम जम्मा गर्न सकिने विशेषता रहेको छ। यस्तो किस्ता बुझाउँदा मासिक रु।५०० भन्दा कम नहुनु गरी बुझाउनु पर्नेछ ।    

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

पेन्सन पाउन योग्य हुने अवस्था ?

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ। बचतकर्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ वर्ष पश्चात एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भुक्तानी लिन सक्नेछन्। कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने गरी सहभागीले यस योजनामा सहभागी हुन सक्नेछन् ।  

पेन्सन गणना विधि

सहभागीले गरेको बचत त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडि हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउनेछन् ।  

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.