मंगलवार, बैशाख ९,२०८२ 05:20:45
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 05:20:45
IME remit
Global IME Bank Limited

रोटरी इण्टरनेशनलद्वारा बरिष्ठ पत्रकार टंक पन्त सम्मानित

Hyundai Nepal
रोटरी इण्टरनेशनलद्वारा बरिष्ठ पत्रकार टंक पन्त सम्मानित
Nabil Bank Limited

काठमाण्डौ । सामाजिक क्षेत्रमा क्रियाशील रोटरी इण्टरनेशनल डिस्ष्ट्रिक ३२९२ ले पत्रकारिता क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्ने पत्रकाहरुलाई सम्मान गर्दै आगामी दिनमा पनि सामाजिक न्याय , शान्ति समृद्धिका लागि उत्प्रेरित गरेको छ ।

  स्वास्थ्य , शिक्षा सामाजिक, वातावण, शान्ति द्धन्द्ध , लैगिक समानता र मानब अधिकार जस्ता बिषयमा अन्तरराष्ट्रिय स्तरमै नेतृत्वदायी भुमिका निर्वाह गरेको रोटरी इण्टरनेशनल ३२९२ ले द्धन्द्ध न्यूनीकरण , शान्ति र समृद्धिका लागि तीन दशक अगाडि देखि कलम चलाएको भन्दै नेपाली पत्रकारहरुको अन्तराराष्ट्रिय संजाल इन्जा एशियाका अध्यक्ष बरिष्ठ पत्रकार टंक पन्तलाई सम्मान गरेको छ ।  

  ५१ हजार राशी सहित डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले एक समारोहकाबीच बरिष्ठ पत्रकार पन्तलाई सम्मान गरेका हुन् । त्यसैगरी भैरव रिसाल , तिलक तिवारी , बिद्या राई , स्वस्तिक श्रेष्ठ, रामु सापकोटा , बसन्त प्रताप सिंह ,अमर सुनार रोटरी इण्टरनृशनल अवार्डवाट सम्मानित भएका छन् ।  

 पुरस्कार ग्रहण गर्देैै बरिष्ठ पत्रकार टंक पन्तले आफूसँगै कलेज पढ्नेहरु लोकसेवा पढ्दै गर्दा आफू समाजका चुनौति र समाजका अनुकरणीय पक्षलाई उजागर गर्ने उद्धेश्यले पत्रकारिता प्रारंभ गरेको र पत्रकारिता मार्फत आफूले उदाहरणीय पक्ष औल्याएको बताए ।  

रोटरी इण्टरनेशनल डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजुले शान्ति समृद्धि, समाजसेवा र बिभिन्न क्षेत्रमा रोटरीले पु¥याएको योगदान अबिश्मरणीय मात्र होइन आफैले समय , बुद्धि र लगानी समेत गरेर सेवाभाव गर्ने गरेको जानकारी गराउदै राज्यको चौथो अंगको रुपमा पत्रकािरता क्षेत्रसंग एक साथ जानुपर्छ भन्ने उद्धेश्यले रोटरी इण्टरनेशनलले अवार्ड कमिटी नै बनाएर धेरै मध्येवाट उत्कृष्ठ काम गर्ने पत्रकारहरुलाई सम्मान एवं पुरस्कृत गर्ने गरेको जानकारी गराए ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

रोटरी इण्टरनेशनल डिष्ट्रिक अवार्ड कमिटीका संयोजक नम्रता शर्माले रोटरी आफैमा सामाजिक क्षेत्रसंगै वाताबरण , शान्ति , समृद्धि , वातावरण एवं धेरै क्षेत्रमा भुमिका निर्बाह गरेको बताउदै रोटरी  र पत्रकारिता एक साथ जानका लागि प्रत्येक बर्ष पत्रकारिता क्षेत्रका मुर्धन्य तर साच्चिकै क्रियाशील ब्याक्तित्वहरुलाई सम्मान गर्ने गरेको स्पष्ट पारिन् । उनले आफैले लगानी गरेर समाजसेवा गर्नु सामान्य कुरा नभएको भन्दै आगामी दिनमा पनि रोटरी मार्फत धेरै गर्न सकिने उल्लेख गरिन् ।  

रोटरी इण्टरनेशलन डिष्ट्रिक अवार्ड कार्यक्रममा डिष्ट्रिक सचिब डा दिनेश मानन्धर , सचिब दुर्गा सुवेदी , सुरेश आचार्यले पनि रोटरी, समाजसेवा र पत्रकारिताको संवन्धका बारेमा प्रकाश पारेका थिए ।  कार्यक्रममा रोटरी क्लब अफ काठमाण्डौ डाउनटाउनका अध्यक्ष स्थानेश्वर रेग्मी, सचिव शम्भु उप्रेती पनि सम्मानित भएका थिए ।  

त्यसैगरी, यो वर्ष महत्वपुर्ण भुमिका निर्बाह गरेका अन्य क्लवहरुलाई सम्मान गरिएको थियो ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.