काठमाण्डौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारको रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ । दुवै संस्थाले सेयर रजिष्ट्रार नियुक्ती सम्झौतामा असार १० गते हस्ताक्षर गरेका हुन् ।
सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेण्ट बैंकिङले गर्नेछ ।