शुक्रबार, जेष्ठ १,२०८३ 06:14:09
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 06:14:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बैंकिङ प्रणालीको निक्षेप संकलन ६३ खर्ब नाघ्यो, एकैदिन ५ अर्बले बढ्यो कर्जा प्रवाह

Laxmi Sunrise Bank Limited
बैंकिङ प्रणालीको निक्षेप संकलन ६३ खर्ब नाघ्यो, एकैदिन ५ अर्बले बढ्यो कर्जा प्रवाह
Shivam Cement

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप संकलन ६३ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ आँकडाअनुसार असार १२ गतेसम्म बैंकिङ प्रणालीमा ६३ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको छ ।  

गत असार ११ गतेसम्म भने बैंकिङ प्रणालीमा ६२ खर्ब ९४ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको थियो । यसरी १ दिनको अवधिमा बैंकिङ प्रणालीमा ८ अर्ब रुपैयाँ थपिएको छ । वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि ८ अर्ब रुपैयाँले बढ्दै ५५ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । असार ११ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ५५ खर्ब ७३ अर्ब रहेको थियो ।  

Bizshala
New Office
CG Motors

असार १२ गतेसम्म अन्य वित्तीय संस्थाको निक्षेप संकलन भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थामा ७ खर्ब २१ अर्ब रुपैयाँबराबरको निक्षेप रहेको राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा कर्जा प्रवाह पनि वृद्धि भएको छ । असार १२ गतेसम्म बैंकिङ प्रणालीबाट कुल ५१ खर्ब ४५ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको छ । असार ११ गतेसम्म भने ५१ खर्ब ४० अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको थियो ।  

वाणिज्य बैंकहरुको बर्जा प्रवाह ४ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ ।  

सिडी रेसियोमा झिनो गिरावट आउँदै ७९.५३ बाट घटेर ७९.५१ मा सीमित बनेको छ । अन्तर बैंक ब्याजदर भने ३ प्रतिशत कायम भएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X