सोमबार, असार २,२०८२ 06:23:53
  • सोमबार, असार २,२०८२ 06:23:53
Global IME Bank Limited

बैंकिङ प्रणालीको निक्षेप संकलन ६३ खर्ब नाघ्यो, एकैदिन ५ अर्बले बढ्यो कर्जा प्रवाह

Hyundai Nepal
बैंकिङ प्रणालीको निक्षेप संकलन ६३ खर्ब नाघ्यो, एकैदिन ५ अर्बले बढ्यो कर्जा प्रवाह
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप संकलन ६३ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ आँकडाअनुसार असार १२ गतेसम्म बैंकिङ प्रणालीमा ६३ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको छ ।  

गत असार ११ गतेसम्म भने बैंकिङ प्रणालीमा ६२ खर्ब ९४ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको थियो । यसरी १ दिनको अवधिमा बैंकिङ प्रणालीमा ८ अर्ब रुपैयाँ थपिएको छ । वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि ८ अर्ब रुपैयाँले बढ्दै ५५ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । असार ११ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ५५ खर्ब ७३ अर्ब रहेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

असार १२ गतेसम्म अन्य वित्तीय संस्थाको निक्षेप संकलन भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थामा ७ खर्ब २१ अर्ब रुपैयाँबराबरको निक्षेप रहेको राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा कर्जा प्रवाह पनि वृद्धि भएको छ । असार १२ गतेसम्म बैंकिङ प्रणालीबाट कुल ५१ खर्ब ४५ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको छ । असार ११ गतेसम्म भने ५१ खर्ब ४० अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको थियो ।  

वाणिज्य बैंकहरुको बर्जा प्रवाह ४ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ ।  

सिडी रेसियोमा झिनो गिरावट आउँदै ७९.५३ बाट घटेर ७९.५१ मा सीमित बनेको छ । अन्तर बैंक ब्याजदर भने ३ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.