बुधबार, श्रावण २७,२०८३ 12:16:00
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 12:16:00
Bizshala
Global IME Bank Limited

फ्रान्समा पहिलो चरणको मतपरिणाम आएसँगै सेयर बजारमा उछाल

Prabhu Bank Limited
फ्रान्समा पहिलो चरणको मतपरिणाम आएसँगै सेयर बजारमा उछाल
New Office

काठमाण्डौ । फ्रान्समा पहिलो चरणको मतपरिणाम आएसँगै फ्रान्स र युरोपको सेयर बजारमा उछाल आएको छ । फा्रन्सका वर्तमान राष्ट्रपति इम्यान्ुयल म्याक्रोनले हार्ने निश्चित भएपछि सोमबार फ्रान्सको सीएसी ४० इन्डेक्स २.७ प्रतिशतले वृद्धि भएको छ ।  

यस्तै युरोपका अन्य सेयर बजारमा सामान्य वृद्धि भएको छ । म्याक्रोनले गत जुन ९ मा निर्वाचनको घोषणा गरेसँगै फ्रान्सेकली बैंकहरुको सेयरमूल्यमा व्यापक गिरावट आएको थियो । तर सोमबार बैंकको सेयरमूल्यहरुमा उछाल आएको छ । सोसाईटी जेनेरलीको सेयरमूल्य ४.३ प्रतिशत, क्रेडिट एग्रिकोल र बीएनपी परीबासको सेयरमूल्य क्रमशः ३.८ प्रतिशत र ३.४ प्रतिशतले बढेको छ ।    

 

आइतबार सम्पन्न भएको निर्वाचनमा अधिकांश मतदाता सहभागी भएका थिए । जसमा नेशनल र्याली पार्टीले ३३.१५ प्रतिशत मत प्राप्त गरेको छ भने न्यू पपुलर फ्रन्ट गठबन्धनले २७.९९ प्रतिशत मत प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ । राष्ट्रपति म्याक्रोनको गठबन्धनले २०.७६ प्रतिशत मत प्राप्त गरेर तेस्रो स्थानमा खुम्चिएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.