बुधबार, श्रावण २७,२०८३ 12:16:35
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 12:16:35
Bizshala
Global IME Bank Limited

बजारमा सुधार देखिदा म्युचुअल फण्डहरुको न्याभ बढ्यो, रु.२.२२ अर्ब लगानी थप्दै

Prabhu Bank Limited
बजारमा सुधार देखिदा म्युचुअल फण्डहरुको न्याभ बढ्यो, रु.२.२२ अर्ब लगानी थप्दै
New Office

काठमाण्डौ । म्युचुअल फण्डहरुको जेठ महिनामा प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ । केही महिनायता लगातार घट्न थालेको म्युचुअल फण्डहरुको न्याभ जेठ महिनामा भने बढ्न पुगेको हो ।  

सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डमध्ये नबिल फ्लेक्सी क्याप फण्ड बाहेक सबै फण्डहरुको न्याभ वैशाख महिनाको तुलनामा बृद्धि भएको छ ।  

वैशाख महिनामा अधिकांश म्युचुअल फण्डहरुले घाटा ब्यहोरेका थिए । वैशाखमा समग्रमा म्यचुअल फण्डहरु ७१ करोड ३२ लाख रुपैयाँ घाटामा थिए । तर जेठ महिनासम्म आइपुग्दा अधिकांश फण्डहरुले नाफा कमाउन सफल भएका छन् । घाटामै रहेका फण्डहरुले समेत वैशाखको तुलनामा घाटा घटाएका छन् ।  

वैशाख महिनामा २७ वटा म्युचुअल फण्डले घाटा ब्यहोरेका थिए । जेठ महिनामा सेयरबजारमा सुधार देखिंदा घाटा ब्यहोरेका केही फण्डहरुले समेत नाफा बुक गर्न सफल भएका छन् । जेठ महिनामा जम्मा ११ वटा फण्ड मात्रै घाटामा छन् । यसकारण पनि फण्डहरुको न्याभमा सुधार देखिन पुगेको हो ।  

सेयरबजारमा म्युचुअल फण्डहरुको करोडौं लगानी रहेको हुन्छ । बजारमा उतारचढाव आउँदा फण्डहरुको न्याभ, नाफा र लगानीको दायरा समेत घटबढ हुने अवस्था आउँछ ।  

वैशाखको तुलनामा जेठ महिनामा बजारमा केही सुधार देखिएको थियो । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षा र आगामी आर्थिक वर्षको बजेट घोषणापछि बजारमा केही प्रतिशत सुधार देखिएको थियो । साथै जेठ महिनामै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोर क्यापिटलको २० प्रतिशत सेयर बेच्न पाउने व्यवस्थाले पनि बजारमा सुधार देखिएको थियो । राष्ट्र बैंकको लचिलो मौद्रिक नीतिले बजारमा केही नयाँ लगानीकर्ता छिरेका थिए । बैंकहरुको ब्याजदर घट्दै जाँदा संस्थागत लगानीकर्ताहरु बजार प्रवेश गर्दा कम्पनीहरुको सेयरभाउ बढेको थियो ।  

जेठ महिनामा केही प्रतिशत भएपनि कम्पनीहरुको सेयरभाउ बढ्न पुग्दा म्युचुअल फण्डहरुको नाफा बृद्धि हुन गई न्याभ बढ्न पुगेको हो ।  

न्याभ कुनको कति ?

जेठ महिनामा ७ वटा म्युचुअल फण्डका न्याभ ११ रुपैयाँमाथि छ । नबिल फ्लेक्सी क्याप फण्ड बाहेक सबै फण्डको न्याभ वैशाख महिनाको तुलनामा बृद्धि भएको छ ।  

जेठमा सर्वाधिक एनएमबी सुलभ इन्भेष्टमेन्ट–२ को न्याभ ११।६२ रुपैयाँ छ । वैशाखको तुलनामा सो फण्डको न्याभ ५१ पैसाले बृद्धि भएको छ । गत महिना अर्थात वैशाखमा यो फण्डको न्याभ ११.११ रुपैयाँ थियो ।  

त्यस्तै, सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ ११.२७ रुपैयाँ पुगको छ । अघिल्लो महिना सो फण्डको न्याभ ११ रुपैयाँ थियो । यो फण्डको न्याभ २७ पैसाले बृद्धि भएको छ ।  

यता कुमारी सुनौलो लगानी योजनाको फण्ड पनि ३६ पैसाले बढेर ११.२० रुपैयाँ पुगेको छ । अघिल्लो महिनामा उक्त फण्डको न्याभ १०.८४ रुपैयाँ थियो । यसका साथै एनएमबी ५० को ११.१२ रुपैयाँ, सानिमा इक्विटी फण्डको ११.११ रुपैयाँ, प्रभु सेलेक्ट फण्ड र एनआइसी एशिया ग्रोथ फण्ड को न्याभ ११ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, नबिल फ्लेक्सी क्यापको फण्ड भने ३० पैसाले घटेर १०.०१ रुपैयाँ कायम भएको छ । वैशाखको तुलनामा सर्वाधिक न्याभ बढ्ने फण्डमा एनएमबी ५० रहेको छ । फण्डको न्याभ ५९ पैसाले बृद्धि भएको छ ।  

म्युचुअल फण्डहरुको नाफा रु. ७०.९२ करोड

जेठ महिनामा अधिकांश म्युचुअल फण्डहरु नाफामा उक्लिएका छन् । फण्डहरुले समग्रमा ६० करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका ४४ म्युचुअल फण्डमध्ये ३३ वटा फण्ड नाफामा उक्लिएका छन् भने ११ वटाले अझै घाटा ब्यहोरेका छन् ।  

तर घाटामा रहेका फण्डहरुले पनि वैशाखको तुलनामा घाटा कम गराएका छन् । वैशाख महिनामा २७ वटा फण्डले घाटा ब्यहोरेका थिए । जम्मा १७ वटा फण्ड नाफामा थिए । समग्रमा फण्डहरु वैशाख महिनामा ७१ करोड ३२ लाख रुपैयाँ घाटामा थिए ।  

जेठ महिनामा सर्बाधिक नाफा कमाउनेमा प्रभु सेलेक्ट फण्ड रहेको छ । फण्डले ११ करोड ८८ लाख रुपैयाँ नाफा कमाएर सर्वाधिक नाफा कमाउने फण्ड बनेको छ । त्यस्तै, दोस्रोमा एनआइसी एशिया ग्रोथ फण्डले ७ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

यसका साथै हिमालयन ८०–२० ले ६ करोड ७० लाख, आरबीबी म्यचुअल फण्ड–२ ले ५ करोड ३४ लाख, एनआइसी एशिया डायनामिक डेब्ट फण्डले ५ करोड, कुमारी धनबृद्धि योजनाले ४ करोड ९३ लाख, आरबीबी म्युचुअल फण्ड–१ ले ४ करोड ८५ लाख र सनराइज फर्स्ट म्युचुअल फण्डले ४ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ ।  

अघिल्लो महिनाको तुलनामा सर्वाधिक नाफा बृद्धि गर्नेमा भने कुमारी इक्विटी फण्ड रहेको छ । फण्डले वैशाखको तुलनामा ६६२.४८ प्रतिशत नाफा बढाएको छ ।  

त्यस्तै, लक्ष्मी भ्यालु फण्ड–२ ले ५७१.७५ प्रतिशत, प्रभु स्मार्ट फण्डले ४४५.८३ प्रतिशत, कुमारी धनबृद्धि योजनाको २६०.९९ प्रतिशत, आरबीबी म्युचुअल फण्ड–१ को २२०.९६ प्रतिशत र कुमारी सुनौलो लगानी योजनाको १९१.२१ प्रतिशतले नाफा बढेको छ ।  

७.२९ प्रतिशतले बढ्यो सेयरबजारमा लगानी  

म्युचुअल फण्डहरुले ७ प्रतिशतले सेयरबजारमा लगानी बढाएका छन् । वैशाख महिनामा ३० अर्ब ५१ करोड रुपैयाँ रहेको लगानी जेठ महिनामा ७.२९ प्रतिशतले बढाएर ३२ अर्ब ७३ करोड रुपैयाँ लगानी गरेका छन् ।  

वैशाखको तुलनामा जेठ महिनामा अधिकांश फण्डहरुले लगानी बृद्धि गरेको छन् । एनआइसी एशिया ग्रोथ फण्ड, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड, नबिल फ्लेक्सी क्याप फण्ड र लक्ष्मी इक्विटी फण्डले भने लगानीको दायरा घटाएका छन् ।  

सेयरबजारमा सर्वाधिक लगानी गर्नेमा एनआइबीएल सहभागीता फण्ड रहेको छ । फण्डले जेठ महिनामा १ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी वैशाख महिनाको तुलनामा १० प्रतिशतले बढी हो । वैशाखमा सो फण्डको लगानी १ अर्ब ७० करोड थियो ।  

वैशाख महिनाको तुलनामा जेठमा सर्वाधिक लगानीको दायरा बढाउनेमा भने कुमारी सबल योजना रहेको छ । फण्डले ५१.९१ प्रतिशतले लगानी थपेको छ ।  

त्यस्तै, हिमालयन ८०–२० ले पनि २८.७८ प्रतिशतले लगानी बढाएको छ भने एनआइबीएल स्टेबल फण्डले पनि २०.९५ प्रतिशतले लगानी बढाएको छ ।

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.