Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 10:22:29
Bizshala
Global IME Bank Limited

केपी ओलीको नेतृत्वमा सरकार बन्ने, अर्थसहित ९ मन्त्रालय एमाले र गृहसहित १० मन्त्रालय कांग्रेसको भागमा

केपी ओलीको नेतृत्वमा सरकार बन्ने, अर्थसहित ९ मन्त्रालय एमाले र गृहसहित १० मन्त्रालय कांग्रेसको भागमा
New Office

काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति भएको छ । योसँगै केहीबेरअघि मन्त्रालयको भागबण्डा पनि टुंगो लागेको स्रोतहरुले जनाएका छन् ।  

सहमतिका क्रममा दिउँसो कांगे्रेसका तर्फबाट सरकार चलाउन समस्या भए अर्थ र गृहसहितका महत्वपूर्ण मन्त्रालय लिएर प्रतिनिधिसभाको बाँकी रहेकोमध्ये आधा कार्यकाल सरकार चलाउन एमालेलाई अफर गरिएको थियो । 

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएसँगै गृह मन्त्रालय चाहिँ कांगे्रसलाई दिने गरी मन्त्रालय बाँडफाँड टुंगिएको हो ।  

दुई दलबीच भएको उच्चस्तरीय सहमतिअनुसार ओलीले पहिलो डेढ वर्ष सरकारको नेतृत्व गर्नेछन् । त्यसपछि बाँकी रहेको कार्यकाल कांग्रेसले नेतृत्व गर्नेछ ।  

यी दुई दलबीच तत्काल सरकार गठन गर्ने र कांग्रेसले गृहसहित १० र एमालेले अर्थसहित ९ मन्त्रालय लिने सहमति बनेको छ । बाँकी केही मन्त्रालय दिएर साना दललाई समेत सरकारमा सहभागी गराउने दुई दलले प्रयास गर्नेछन् ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.