शुक्रबार, जेष्ठ १,२०८३ 01:27:35
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 01:27:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रचण्डले कुर्सी छाड्न मानेनन्, दलहरु मूठभेडतर्फ

Laxmi Sunrise Bank Limited
प्रचण्डले कुर्सी छाड्न मानेनन्, दलहरु मूठभेडतर्फ
Shivam Cement

काठमाण्डौ । कांग्रेस एमालेले सत्तारोहणको सहमति गरेपछि सत्ताच्यूत हुने अवस्थामा पुगेका प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बताएपछि मुलुकमा मूठभेडको खतरा बढेको छ ।  

नेकपा माओवादी केन्द्रको मंगलबार बालुवाटारमा बसेको पदाधिकारीहरुको आकस्मिक बैठकले गलेर राजीनामा नदिने र कांग्रेस एमालेलाई सहजै सत्ता नछाड्ने निर्णय गरेको हो । यो निर्णयसँगै प्रमुख राजनीति शक्तिहरुबीच सत्ताका लागि मूठभेड हुनसक्ने खतरा बढेको छ । 

Bizshala
New Office
CG Motors

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै भने,‘प्रधानमन्त्रीले गलेर राजीनामा दिने कुरा हुँदैन । संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने निर्णय भएको छ।’

पौडेलका अनुसार अहिले सरकारलाई समर्थन गरेका दलहरूले समर्थन फिर्ता नलिएकाले विश्वासको मत कहिले लिने भन्ने विषयमा कुनै योजना बनेको छैन ।  

उनले मध्यरातमा दुई दल बसेर गरेको सहमतिबाट राष्ट्रिय सहमति नहुने पनि दाबी गरे ।  

माओवादीले कांग्रेस र एमाले मिलेर ०४७ सालको संविधान नै ब्यूँताउन खोजेका आरोप समेत लगाएको छ ।  

यसैबीच, प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास जाँदै छन् । पार्टीको पदाधिकारी बैठकलगत्तै शीतलनिवास जान लागेका हुन् ।

पछिल्लो राजनीतिक अवस्थाको ‘ब्रिफिङ’ गर्न उनी त्यहाँ जान लागेका बताइएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.