काठमाण्डौ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी) पोजेटिभ इम्प्याक्ट रेटिङ (पीआईआर) प्राप्त गर्ने नेपालको पहिलो कलेज बनेको छ । ‘पीआईआर २०२४ लेभल ३ः प्रगतिशिल शैक्षिक संस्था’मा सूचीकृत हुँदै कलेजले ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।
कलेजले प्रदान गर्दै आएको सेवा सुविधामा स्थिरता, निर्वाह गर्दै आएको सामाजिक उत्तरदायित्वको काम तथा शैक्षिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कारण विश्वव्यापी मान्यताप्राप्त मूल्यांकन गर्ने संस्था, पीआईआरले टीबीसीको नाम सूचिकृत गरेको कलेजले जनाएको छ । पीआईआरले संस्थाको स्थिरता, नीति तथा नियमहरुका साथै संस्थाले समाजप्रति निर्वाह गर्दै आएको भूमिकाका बारेमा मूल्यांकन गर्दै आएको छ ।
ब्रिटिस कलेजको सस्टेनेबिलिटी युनिटले शिक्षामा स्थिरता, अनुसन्धानात्मक कार्यक्रमहरुका साथै, साझेदारहरु मार्फत समग्र शैक्षिक वातावरण सिर्जना गरेको जनाएको छ । कलेजले आफ्नो पाठ्यक्रममा दिगो विकास लक्ष्य (एसडीजी) एकीकृत गर्न, नवाचारलाई प्रोत्साहित गर्न र जलवायु शिक्षा अघि बढाउन धेरै पहलहरु कार्यान्वयन गर्दै आएको छ । जस्तै, ‘बीबीएःइनोभेट फर इम्प्याक्ट’ कार्यक्रम, एमबीएमा‘भविष्यको लागि स्थिर आपूर्ति श्रृंखलाहरु’ समर पाठ्यक्रममार्फत पनि संयुक्त राष्ट्र संघको दिगो विकासको कार्यक्रमलाई सघाउ पुर्याइरहेको छ ।
यो उपलब्धिबारे ब्रिटिस कलेजकाडेपुटी प्रिन्सिपल डा. प्याट्रिक म्याक क्रुडनले भने, ‘पीआईआर रेटिङ मूल्यांकन सर्वेक्षणबाट ब्रिटिस कलेजले पाएको उपलब्धि महत्वपूर्ण रहेको छ ।’