काठमाण्डौ । नेकपा एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने सहमति गरेको भोलिपल्ट प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
मंगलबार बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । सँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत निर्णय भएको कांग्रेसका एक नेताले जानकारी दिए ।
यो निर्णयसँगै सरकारमा एमालेबाट सहभागी ८ जना मन्त्रीले आजै राजीनामा बुझाउने तयारी गरेका छन् ।
यता, प्रचण्डले भने एमालेका मन्त्रीहरुको राजीनामा आउनुअघि नै बर्खास्त गर्ने कोशिश गरिरहेका स्रोतहरुले दाबी गरेका छन् ।
प्रचण्डको नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती लगायत रहेका छन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                