काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको नेपाल सोलार फार्म लिमिटेडले इक्रा नेपालबाट रेटिङ प्राप्त गरेको छ । इक्रा नेपालले कम्पनीलाई [ICRANP-IR] B निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेका मानिने इक्रा नेपालले जनाएको छ । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्रै भएको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको इक्राले जनाएको छ ।
नेपाल सोलार फार्मले गत जेठ १ गते सम्पन्न गरेको विशेष साधारण सभाबाट आईपीको निष्कासनको मुख्य अजेण्डा पारित गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।