बुधबार, भाद्र २५,२०८२ 09:44:12
  • बुधबार, भाद्र २५,२०८२ 09:44:12
Global IME Bank Limited

चार दिनमा ३३ अर्बले बढ्यो निक्षेप संकलन, कर्जा प्रवाहमा भने सुस्तता

Hyundai Nepal
चार दिनमा ३३ अर्बले बढ्यो निक्षेप संकलन, कर्जा प्रवाहमा भने सुस्तता

काठमाण्डौ । बैंकिङ प्रणालीमा ४ दिनको अन्तरालमा ३३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ आँकडाअनुसार असार १६ गतेसम्म बैंकिङ प्रणालीमा ६३ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।  

गत असार १२ गतेसम्म भने बैंकिङ प्रणालीमा ६३ खर्ब २ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको थियो । यसरी ४ दिनको अवधिमा बैंकिङ प्रणालीमा ३३ अर्ब रुपैयाँ थपिएको छ । वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि ३२ अर्ब रुपैयाँले बढ्दै ५६ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । असार १२ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ५५ खर्ब ८१ अर्ब रहेको थियो ।  

असार १६ गतेसम्म अन्य वित्तीय संस्थाको निक्षेप संकलन पनि १ अर्बले बढेको छ । असार १२ गतेसम्म अन्य वित्तीय संस्थामा ७ खर्ब २१ अर्ब रुपैयाँबराबरको निक्षेप रहेकोमा असार १६ गतेसम्म ७ खर्ब २२ अर्ब रहेको छ । यो अवधिमा कर्जा प्रवाह पनि वृद्धि भएको छ । असार १६ गतेसम्म बैंकिङ प्रणालीबाट कुल ५१ खर्ब ४९ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको छ । असार १२ गतेसम्म भने ५१ खर्ब ४५ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ ।  

असार १६ गतेसम्म सिडी रेसियोमा ७९.१८ र अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।   

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.