काठमाण्डौ । सुन चोरी तथा चोरीको सुन खरिदबिक्री गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । प्रहरीले झापाका विभिन्न स्थानमा सुन चोरी गरेको तथा चोरीको सुन खरिदबिक्री गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले सुन चोरीको आरोपमा कमल गाउँपालिका–३ का २२ वर्षीय सुस्मन थापा, चोरीको सुन बेच्न सहयोग गरेको आरोपमा कृष्ण थापासुन खरिद गरेको आरोपमा पाथीभरा बराइली ज्वेलर्सका सञ्चालक ४३ वर्षीय अर्जुन विश्वकर्मा र नितेश बराइली, प्रतिक्षा भेराइटी किराना पसलका सञ्चालक सुरेशकुमार दास र गिरीबन्धु टी–इस्टेटमा काम गर्ने सुनिल राजवंशी लाई पक्राउ गरेको छ ।
सुस्मनले गत जेठ १८ गते अर्जुनधारा नगरपालिका–११ मा बसोवास गर्ने दुर्गा देवी श्रेष्ठ र उमा श्रेष्ठको घरबाट सुन चोरी गरेका थिए । चोरीको ३ दिनपछि उनले पुनः बिर्तामोड नगरपालिका–५ स्थित गंगा काफ्ले पौडेलको घरमा समेत चोरी गरेको प्रहरीले जनाएको छ ।