बुधबार, फाल्गुन ६,२०८२ 06:47:00
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 06:47:00
Bizshala
Global IME Bank Limited

जापानमा नेपाली कागजबाट बनेका नयाँ नोटहरु प्रचलनमा आउँदै, जापानी भन्छन्,‘नेपाल नभए जापान चल्दैन’

जापानमा नेपाली कागजबाट बनेका नयाँ नोटहरु प्रचलनमा आउँदै, जापानी भन्छन्,‘नेपाल नभए जापान चल्दैन’
Shivam Cement

काठमाण्डौ । जापानमा नेपाली कागजबाट बनेको नयाँ नोटहरु प्रचलनमा आउन थालेका छन् । जापानको केन्द्रीय बैंकले नेपाली कागजबाट बनेका चिल्ला नोटहरु एटीएममा लोड गर्न सुरु गरेका छन् ।  

जापानी नागरिकको खल्तीमा पुग्नुअघि येन नोटले महिनौको मिहेनतसहितको लामो र हजारौं किलोमिटरको कठिन थल र हवाई यात्रा तय गरेको छ ।  

जापान, वितेका वर्षहरुमा डिजिटल भुक्तानीतर्फ उन्मुख भएतापनि अmभै पनि जापानमा नगद कारोबारको राज चल्ने गरेको छ । लगभग पूर्ण रुपमा नगदरहित कारोबारमा गएको चीनभन्दा जापान डिजिटल भुक्तानीको विषयमा निकै पछि चलिरहेको छ ।  

‘नगद कारोबार जापानको अर्थतन्चत्रको आधारभूत तत्व भएकाले नेपालले जापानको अर्थतन्त्रलाई सहयोग पुर्याएको छ ,’जापान सरकारका लागि कागज उत्पादन गर्ने कम्पनी,कानपोउका अध्यक्ष ताडासी मास्तुबाराले भने,‘नेपालबिना जापान सञ्चालन हुन सक्दैन ।’

जापान सरकारले लोक्ताबाट बनेको नेपाली कागजबाट नोट बनाईरहेको छ । जापानमा पनि लोक्ताको खेती हुने गरेको तर विगत  केहि वर्षदेखि यसको उत्पादनमा कमी आईरहेको मास्तुबाराले बताए ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

जापानका ग्रामिण भेगका मानिसहरु कामको खोजीमा टोकियो जस्ता ठूला शहरहरुमा बसाई सरिरहेकाले ग्रामिण क्षेत्रको उद्योगहरु संकुचित भईरहेको उनले बताए । उनले जापानमा कागज बनाउने काम लाग्ने विरुवाको खेती गर्ने किसानहरुको संख्यामा कमी आईरहेको बताए ।  

यहि कारण नोट बनाउन नेपालबाट कागज आयात भईरहेको उनले बताए । कानपोउ सन् १९९० मा एउटा च्यारिटी कार्यक्रममार्फत पहिलोपटक नेपाल प्रवेश गरेको थियो । त्यस बेला कम्पनीका प्रतिनिधहिरुले नेपालका जंगलहरुमा ठूलो मात्रामा लोक्ताको रुखहरु देखेका थिए । उनीहरुले किसानहरुलाई यसको व्यवसायिक खेती गर्न सिकाउँदै केहि सानो परिमाणमा आयात पनि गरेको थिए ।  

नेपालबाट उत्पादन भएको नेपाली कागज काठमाण्डौबाट भारतको कोलकत्ता बन्दरगाहबाट पानी जहाजबाट जापान पुग्ने गर्छ ।  

जापानमा पुगेपछि कागजको परीक्षणपश्चात कागजलाई थप प्रशोधित गरिन्छ र त्यहाँको नेशनल प्रिन्टिङ ब्युरोले नोटका लागि प्रयोग गर्ने गर्छ ।  

जापानमा नयाँ नोटहरु यो साताबाट बजारमा परिचालन हुँदैछ । नयाँ नोटमा थुप्रै नयाँ फिचर्सहरु थपिएको छ । बैंक अफ जापानले पहिलोपटक नयाँ नोटमा होलोग्राम प्रयोग गर्दैछ । अन्य देशहरुले भने यसअघिनै होलोग्राम प्रयोग गरिसकेका छन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.