बिहीबार, आश्विन २९,२०८३ 11:47:18
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 11:47:18
Bizshala
Global IME Bank Limited

नेप्सेमा झिनो वृद्धि,‘राजनीतिक स्थिरताको अपेक्षामा लगानीकर्ता’

Bizshala
नेप्सेमा झिनो वृद्धि,‘राजनीतिक स्थिरताको अपेक्षामा लगानीकर्ता’
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.१८ प्रतिशत अर्थात ३.७९ अंकले बढेर २ हजार १०४.२२ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले बढेर ३७२.८५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर ५ अर्ब ८ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार प्रेम वली भन्छन्, ‘अहिले बजार राजनीतिक सेरोफेरोमै चलेको छ । आज फेरी राजनीति सहज हुने अपेक्षाले घटेको बजारमा सुधार आएको छ । कारोबारमा पनि बढोत्तरी आएको छ । असार मसान्तको दबाव पनि कम हुँदै गएको छ ।’

यसका साथै मौद्रिक नीति पनि लचक आउने अपेक्षाका कारण बजार आज पुनः २१ सय माथि पुगेको वलीले बताए ।  

सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेका अनुसार पनि लगानीकर्ताले वर्तमान बदलिदो राजनीतिक अवस्थाले स्थिरता ल्याउने अपेक्षा गरेसँगै बजारमा सुधार आएको हो । ‘प्रधानमन्त्रीले केहि दिनमा नयाँ सरकारका लागि सहजीकरण गरिदिने र छिट्टै एमालेको अर्थमन्त्री हुने देखिन्छ ।’ उनले भने ।  

यहि कारण आज करेक्सन भएको बजार कारोबारसहित सम्हालिएको फुल्लेलले बताए । यो सँगसँगै अब आर्थिक गतिविधि पनि चलायमान हुने र मौद्रिक नीति पनि सहज आउने उनले बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य ८ वटा समूहमा भने रातो पोतियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आज व्यापार समूहमा चमक आएको छ । यो समूह आज ६.१२ प्रतिशतले बढ्यो । आज वित्त समूह ६.०४ प्रतिशत बैंकिङ समूह ०.६३ प्रतिशत विकास बैंक २.७१ र लगानी समूह ०.१८ प्रतिशतले बढ्यो ।  

आज उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै गिरावट आयो । यो समूह १.०७ प्रतिशतले घट्यो ।  

त्यस्तै आज होटल समूह ०.१९,हाईड्रो ०.६८,जीवन बीमा ०.२५,लघुवित्त ०.१४,म्युचुअल फण्ड ०.०९,निर्जीवन बीमा ०.२३ र अन्य समूह ०.६७ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन मन्जुश्री फाइनान्सको सबैभन्दा धेरै सेयर कारोबार भयो । आज यो कम्पनीको २३ करोड १ लाख बढीको सेयर कारोबार भयो । साथै आज आईसीएफसी फाइनान्सको १७ करोड ४९ लाखको,रिलायन्स फायनान्सको १६ करोड ५२ लाख र सेन्ट्रल फाइनान्सको १३ करोड ५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सेन्ट्रल फाइनान्स,आईसीएफसी फाइनान्स,गुहेश्वरी मर्चेन्ट र मन्जुश्री फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

आज चिरख्वा हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ४.७० प्रतिशतले घट्यो । हिमालयन उर्जाको सेयरमूल्य आज ४.२७ प्रतिशत र बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य ३.९६ प्रतिशतले घट्यो ।    

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.