Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 10:22:30
Bizshala
Global IME Bank Limited

एकैपटक २३ वटा निर्माण व्यवसायीको लाइसेन्स खारेज

एकैपटक २३ वटा निर्माण व्यवसायीको लाइसेन्स खारेज
New Office

काठमाण्डौ । सरकारले एकैपटक २३ वटा निर्माण व्यवसायीको इजाजत पत्र (लाइसेन्स) खारेज गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपधारा ३ बमोजिम आर्थिक वर्ष २०८०/८१ का लागि २०८० चैत मसान्तसम्म इजाजतपत्र नवीकरण नगरेका २३ निर्माण कम्पनीको लाइसेन्स स्वतः खारेज गरिएको जनाएको हो ।  

फ्युचर स्टार कन्स्ट्रक्सन प्रालि, हिमालयन इन्फ्रास्ट्रक्चर कम्पनी, भूमि इन्फ्रास्ट्रक्चर प्रालि र मदन कन्स्ट्रक्सन, असन बालकुमारी कन्स्ट्रक्सन, ढोरफिर्दी निर्माण सेवा, द राइजिङ कन्स्ट्रक्सन, सिरोहिया कन्स्ट्रक्सन र त्रिशूल निर्माण सेवाको लाइसेन्स २०८० चैतसम्म नवीकरण नगरेकाले स्वतःलाइसेन्स खारेज भएको छ ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

यसैगरी श्रीजंगा निर्माण सेवा, घण्टेश्वर निर्माण सेवा, नौला मालिका निर्माण सेवा, ठोसे केआर निर्माण सेवा, एभ्रिथिङ सोलुसन कन्स्ट्रक्सन, रुपाली कन्स्ट्रक्सन, रुद्रकुमार कक्षपति निर्माण सेवा र ई–मरिण ठाकुर निर्माण सेवा, विकन कम्पनी, आर कोमल कन्स्ट्रक्सन, अमन कन्स्ट्रक्सन, पवित्र मल्टिपल कन्स्ट्रक्सन र फलोरिडा कन्स्ट्रक्सनको लाइसेन्स खारेज भएको भौतिक मन्त्रालयले जनाएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.