काठमाण्डौ। विश्वको सबैभन्दा पुरानो र ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य घटेर अहिलेसम्मकै न्यून बिन्दुमा पुगेको छ। आज लगातार चौथो दिन बिटक्वाइनको मूल्य घट्ने क्रम जारी रहेको हो।
यसको मूल्य २१ प्रतिशतभन्दा बढीले घटेर शुक्रबार चार महिनाको न्यूनमा झरेको छ। जसमा बिटक्वाइनको मूल्य यस्तो समयमा घटेको हो जुन सेयर बजारले दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको छ।
अमेरिकी राष्ट्रपतिको चुनावमा जो बाइडेन डेमोक्र्याटिक पार्टीको उम्मेदवार रहने कि नरहने भन्ने चिन्ता लगानीकर्तामा छ। साथै, क्रिप्टो आपूर्तिमा सम्भावित बृद्धिले पनि क्रिप्टोकरेन्सीको मूल्य घटेको छ।
बिटक्वाइनको मूल्य शुक्रबार ८ प्रतिशतले घटेर ५३,९१८ अमेरिकी डलर पुगेको छ। यो फेब्रुअरी महिनापछिको सबैभन्दा कम हो। त्यस्तै, विश्वको दोस्रो ठूलो क्रिप्टोकरेन्सी ईथर पनि ९ प्रतिशत घटेर २,८५५ अमेरिकी डलर पुगेको छ, जुन डेढ महिनायताकै न्यून स्तर हो।
अमेरिकामा एक्सचेन्ज ट्रेडेड कोषको सुरुवात पछि बिटक्वाइनले वर्षको लागि बलियो सुरुवात गरेको थियो। मार्चको मध्यमा यसको मूल्य ७३,८०३.२५ अमेरिकी डलरको उच्च रेकर्डमा पुगेको थियो। तर त्यसयता बिटक्वाइनको मूल्य २१ प्रतिशतभन्दा बढीले घटेको छ। जसका लगानीकर्ताहरू पनि चिन्तित बनेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।