आईतवार, आश्विन १८,२०८३ 09:54:13
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 09:54:13
Bizshala
Global IME Bank Limited

एकैदिन १० अर्बले बढ्यो निक्षेप संकलन, कति छ अन्तरबैंक ब्याजदर ?

Bizshala
एकैदिन १० अर्बले बढ्यो निक्षेप संकलन, कति छ अन्तरबैंक ब्याजदर ?
New Office

काठमाण्डो । बैंकिङ प्रणालीको निक्षेप संकलन एकैदिन १० अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको ताज आँकडाअनुसार असार १७ गतेसम्म बैंकिङ प्रणालीमा ६३ खर्ब ४५ अर्ब रहेको छ । गत असार १६ गतेसम्म पनि बैंकिङ प्रणालीमा ६३ खर्ब ३५ अर्ब रुपैयाँ नै निक्षेप संकलन रहेको थियो । यसरी एक दिनको अवधिमा बैंकिङ प्रणालीमा १० अर्ब रुपैयाँ थपिएको हो ।  

वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि ९ अर्बले बढ्दै ५६ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । गत असार १६ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ५६ खर्ब १३ अर्ब रुपैयाँ थियो । अन्य वित्तीय संस्थाको निक्षेप संकलन भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप संकलन ७ खर्ब २२ अर्ब रहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

निक्षेप संकलनसँगै बैंकिङ प्रणालीको कर्जा प्रवाह पनि बढेको छ । गत असार १६ गतेसम्म ५१ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा असार १७ गतेसम्म भने ५१ खर्ब ५१ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको छ ।  

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि १ अर्बले बढेको छ । असार १७ गतेसमम वाणिज्य बैंकहरुबाट ४५ खर्ब ५७ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको छ । असार १६ गतेसम्म ७९.१८ प्रतिशत रहेको सीडी रेसियो घटेर ७९.०९ प्रतिशतमा सीमित बनेको छ ।  

यस्तै अन्तर बैंक ब्याजदर भने स्थिर अर्थात ३ प्रतिशत कायम भएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.